१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

बालविवाह रोक्दै किशोरी समूह

विगत वर्षमा भन्दा कालिकोट जिल्लामा बालविवाह रोकिएको पाइएको छ। बालविवाह, छिटो विवाह, जबरजस्ती विवाह, यौन तथा प्रजनन स्वास्थ्य अधिकार जस्ता विभिन्न हिंसा न्यूनीकरण गर्न कालिकोटका गैरसरकारी संस्थाहरूले अभियान थालेपछि बालविवाह रोकिँदै गएको हो।

नयाँ जनप्रतिनिधि आएपछि निर्माण कार्यदल र श्रम रोजगार बैंक बेकामे

तामझामका साथ कामसुरु गरेको पालिकाले सडक निर्माण,विद्यालय,खानेपानी योजना लगायतका काममा सुरुमा करिब ३ सय जनासदस्य कार्यदलमा राखेपनि अहिले भने कार्यदलमा एकजना पनि सदस्य छैनन्।

गरिबीका कारण विद्यालय छोड्दै बालबालिका

धनपुराको घरमा अहिले आमा बुबा, तीन दाजुभाइ र दुई बहिनी गरी सात जनाको परिवार छ। धनपुराका बुवा भने भारतको उत्ताखण्डमा, ज्याला मजदुरी गरी परिवारलाई छाक टार्ने जोहो गर्छन्। तर केही बालबालिकाको लागि भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ उत्तीकै सहारा बनेको पनि छ।

घरदैलोमै स्वास्थ्य सेवा दिँदै खाँडाचक्र नगरपालिका

कालिकोटको खाँडाचक्र नगरपालिकाले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ।

पालिकाको प्रशासनिक भवनको शिलान्याश

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ।

ओझेलमा पचाल झरना

नेपालकै अग्लो दाबी गरिएको कालिकोटको पचाल झरना ओझेलमा परेको छ। नेपाल पर्यटन बोर्डमा अभिलेख नगरिँदा नेपालकै अग्लो दाबी गरिएको चर्चित झरना ओझेलमा परेको हो।

बिरामी बोक्ने एम्बुलेन्सनै ‘बिरामी’

‘एम्बुलेन्स यस्तो वेवारिसे अवस्थामा छ। एम्बुलेन्स नयाँनै हो। चलाउने काम कम र थन्काउने काम धेरै भएको छ।’ उनले भने,‘जुन सरकारी पिलेट समेत राखिएको छैन्। यस्तो अवस्थामा रेखदेख गर्ने निकाय पनि तै चुप मै चुप जस्तै छ।’

माग बढेपछि किसान चिनो खेती गर्न हौसिए

कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रूचाउँछन् तर मागअनुसार चिनो उत्पादन हुन सकेको छैन। एक दशक अघिसम्म कर्णालीका नागरिकले जौ, कोदोपछि सबैभन्दा धेरै चिनो खेती गर्थे तर उपभोग हुन छाडेपछि खेती नै गर्न छाडेका थिए।

‘कुन दिन हामीलाई पनि मार्ने हुन्’

दलित किशोरीको बलात्कारपछि भएको हत्याको घटनालाई प्रहरीले गम्भीर रूपमा नलिँदा पीडित परिवार भने असुरक्षा महसुस गरिरहेको छ।

कर्णालीमा जहिल्यै पाठ्यपुस्तकको अभाव

कालिकोटका पुस्तक व्यवसायी वीरेन्द्र शाहीले जनक शिक्षाको सुर्खेतस्थित कार्यालयमै पाठ्यपुस्तक अभाव रहेकाले ल्याउन नसकिएको बताए।

रेडक्रसको सभापतिमा पुनः संज्याल निर्वाचित

नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा पुनः बल प्रसाद संज्याल निर्वाचित भएका छन्।

कर्णाली करिडोरको ठाउँ–ठाउँमा पहिरोले सास्ती

कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्ला जोड्ने सडक कर्णाली करिडोर हो। यो करिडोर नामाकरण गरी ट्र्याक खोल्न थालेको वर्षौं वितिसकेको छ।

महावैमा जोडियो राष्ट्रिय प्रसारण लाइन

कर्णाली राजर्मागमा पुगेको लाइन गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह(भिजन)को पहलमा पोल र लाइन विस्तार गरी पादमघाटमा बत्ती बाल्न सफल भएको हो।

माओवादी केन्द्रमा काम गर्दै आएका 'लक्ष्मण बम' अब स्वतन्त्र चुनाव लड्ने

माओवादी केन्द्रमा लामो समय काम गरेर २०७४ को स्थानीय तहको चुनावको बेला नेकपा (माओवादी केन्द्र) बाट पलाँता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बम आफ्नो कार्यकाल पुरागरी अहिले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्न लागेको हन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्