७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी केन्द्रमा काम गर्दै आएका 'लक्ष्मण बम' अब स्वतन्त्र चुनाव लड्ने

पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले कालिकोट प्रदेशसभा (ख) बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका छन्।

माओवादी केन्द्रमा लामो समय काम गरेर २०७४ को स्थानीय तहको चुनावको बेला नेकपा (माओवादी केन्द्र) बाट पलाँता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बम आफ्नो कार्यकाल पूरा गरी अहिले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्न लागेको हुन्।

२०७९ को दोस्रो स्थानीय चुनावको बेला पार्टी भित्र विवाद हुँदा बमले आफू स्वतन्त्र रहेको घोषणा गरेका थिए। आउने मंसिर ४ गते प्रदेशसभाको चुनावमा उनी कसको समर्थनमा चुनाव लड्न लागिरहेका छन् भन्ने उनले अहिले केही खुलाउन चाहेका छैनन्।

स्थानीय सरकार गठनको पहिलो कार्याकालमा बमले निर्माण कार्यदल बनाएर देशभर नै चर्चा पाएका थिए। आउने निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा आफू चुनावमा जाने र कालिकोटको युवा पीडिले आफूलाई जिताउनेमा आफू विश्वस्त रहेको बमको दाबी छ।

प्रकाशित: २१ श्रावण २०७९ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App