८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बिरामी बोक्ने एम्बुलेन्सनै ‘बिरामी’

पचालझरना गाउँपालिकाको बिग्रेर एम्बुलेन्स।

कालिकोट जिल्लाको पचालझरनाका गाउँपालिकामा सञ्चालित बिरामी बोक्ने एम्बुलेन्सनै बिग्रेर बिरामी अवस्थामा रहेको छ। व्यवस्थापनमा लापरवाही र पालिकाको बेवास्ताले एम्बुलेन्स अलपत्र बनेको स्थानीयले बताएका छन्।

सडकको पहुँच नपुगेको पालिकाले लाखौं खचेर खरिद गरेको एम्बुलेन्स बिग्रेर महिनौ भइसक्दा पनि मर्मतमा कसैले वास्ता नगर्दा एम्बुलेन्स अलपत्र रहेको स्थानीय सिवराज सेजुवाले बताए। ‘एम्बुलेन्स यस्तो वेवारिसे अवस्थामा छ। एम्बुलेन्स नयाँनै हो। चलाउने काम कम र थन्काउने काम धेरै भएको छ।’ उनले भने,‘जुन सरकारी पिलेट समेत राखिएको छैन्। यस्तो अवस्थामा रेखदेख गर्ने निकाय पनि तै चुप मै चुप जस्तै छ।’

गाउँपालिकाको एम्बुलेन्स बिग्रेर थन्कीएको चारमहिना भन्दाबढी भइसकेको छ। गाउँपालिकाको नजिकै चाटेबगरमा अलपत्र अवस्थामा छ। एम्बुलेन्स सञ्चालनमा नआउँदा बिरामीलाई अन्य गाडीमा अस्पताल लैजानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्। कालिकोटमा पहिलेका जनप्रतिनिधिले डलर खचेर किनेका धेरै एम्बुलेन्स, गाडी, मोटरसाइकल बिग्रेका छन्।

यस्तै रास्कोट नगरपालिकाले तीन वर्ष पहिला प्रदेश सरकारबाट ल्याएको गाडी र पलाँता गाउँपालिकाले लाखौंमा खरिद गरेको गाडी पनि बिग्रेर थन्काइएको छ। पहिलेका पालिका प्रमुखहरुले खरिद गरेका अधिकांश गाडी प्रयोगमा छैनन्। यसरी सरकारी सम्पत्तिको दुरुपयोग हुँदा पनि नियामक निकाय चुप्पचाप छ। जिल्लामा बिग्रेर प्रयोगमा नआएका गाडी र एम्बुलेन्सहरु कार्यालयको एक कुनामा थन्काइएको छ।

जिल्ला अदालतको गाडी, जिल्ला निर्वाचन कार्यालयको गाडी, शिक्षा विकास तथा समन्वयइकाइको गाडी, पलाँता गाउँपालिकाको गाडी, नेपाल सेटक्रस सोसाइटीको एम्बुलेन्स, पचालझरना गाउँपालिकाको एम्बुलेन्स, खाँडाचक्र नगरपालिकाका एम्बुलेन्स, रास्कोट नगरपलिकाको गाडी, तिलागुफा नगरपालिकाको एम्बुलेन्स अहिले पनि प्रयोगमा छैनन्। कार्यालयमा बिग्रेर राखिएका गाडी मर्मत गर्न कसैको चासो छैन। बरु नयाँ एम्बुलेन्स खरिदको प्रकियामा जनप्रतिनिधि जुटेका छन्।

प्रकाशित: १० भाद्र २०७९ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App