१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

घरदैलोमै स्वास्थ्य सेवा दिँदै खाँडाचक्र नगरपालिका

कालिकोटको खाँडाचक्र नगरपालिकाले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ।

नगरप्रमुख कमलबहादुर शाही र  डाक्टरको टोली घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिनसुरु गरेका हुन्।

स्थानिय रवि मल्लले आफुले कयौँ औषधी खाँदा पेट दुख्न निको नभएको सुनाउर्दै अहिले भिडियो एक्सरे गरेपछि पत्थरीया देखिएको र औषधी खाएपछि त्यो खसिहाल्छ भन्दा आफु हर्षित भएको  बताए।

उनले भने ‘दुरदराजका म जस्तै अन्य जेष्ठ नागरिकको रोग पहिचान गर्ने गरी गाउँमै निःशुल्क भिडियो एक्सरे लगायतका चेक जाँच तथा औषधी उपचार गर्न पाएपछि निकै हर्षित भएका छन्।’

स्थानीय तहले गाउँमै विशेषज्ञ चिकित्सकद्धारा चेक जाँच हुने गरी स्वास्थ्य शिविर सञ्चालन गरे पछि स्थानीय सरकार गाउँमै आएको महसुस गरेको स्थानीय असला सुनारले बताइन्।

खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले यती बेला नगरका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्दै आएको छ। लगातार परेको अविरल वर्षातका कारण बाढीपहिरोले सडक अवरुद्ध भएपछि गाउँमा बिरामी हुँदा जेष्ठ नागरिकले उपचार गर्न निकै समस्या भोग्नु परेको थियो।

विषेश गरी भौगोलिक रुपमा टाढा भएर स्वास्थ्य संस्थामा आउन नसक्ने फरक क्षमता भएका,जेष्ठ नागरिक,महिला,बालबालिका,गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी शिविर सञ्चालन गरिँदै आएको स्वास्थ्य शाखाका प्रमुख रविन्द्र सेजुवालले बताए।  

खाँडाचक्र नगरपालिकाको ८ र ९ को पाखा,चौकी,दाहालामा निःशल्कु स्वास्थ्य परिक्षण सञ्चालन गरिएको छ।  बिहिवार देखी सुरु गरेको शिविरमा ८० जना भन्दा बढी जेष्ठ नागिरकको स्वास्थ्य जाँच गरेको नगरपालिकाले जनाएको छ।  

कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर रमितानाथ योगी लगायतको टोलीले उपचार दिइरहेका छन्।

हामिले चुनावका वेला जन्तालाई दिएका बाचा पुरागर्न घरदैलोमा आएको नगर प्रमुख कमलबहादुर शाहीले बताए। गाउँमा नगरप्रमुख पुग्दा जेष्ठ नागरिक र स्थानिय खुसी भएका छन्। 

प्रकाशित: १८ भाद्र २०७९ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App