केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ: नेपाल पक्ष
उनीहरुले केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा भएको बताउँदै तत्काल निर्णय फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएका छन्।
उनीहरुले केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा भएको बताउँदै तत्काल निर्णय फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएका छन्।
नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले अधिवेशन टुंग्याएको आशंका गरेको छ।
नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ।
उनले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे। उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने पनि बताए। वरिष्ठ नेता नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरू तयार रहेको बताए। ‘एकता हाम्रो चाहना हो, इच्छा हो।
महासचिव पोखरेलले युवा पुस्तालाई पार्टीभित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दबाब दिन पनि सुरु गर्न निर्देशन समेत दिए।
नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार गठन गरेको छ । एमालेले आफ्नो सरकार ढलेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि उनीहरुको गतिविधि नियाल्न छाँया सरकार बनाएको हो । तर एमालेले भने यसलाई छाँया सरकार नभई संसदीय समूह भनेर परिभाषित गरेको छ ।
उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले अघि बढ्न विधान संशोधनलगायतका प्रक्रिया सुरु गरेपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।
सत्तारुढ नेकपा एमालेकै कारण प्रदेशको नामाकरणमा ढिलाई भइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ।
विशेष अधिवेशन बिरुद्ध सार्वोच्चमा परेको मुद्यामा अन्तरिम आदेश आउन सक्ने आशमा राजीनामा पनि नदिने र बैठकमा सहभागी पनि नहुने रणनीति मुख्यमन्त्री शंकर पोखरेलले लिएका हुन्।
ओलीले आफूले सरकारको नेतृत्व गर्दा गरेका कमीकमजोरी ढाकछोप गर्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अब १५ महिना सरकार चलाउने, त्यसपछि आफू नै शक्तिमा आउने बताए। उनले सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेका प्रति असन्तुष्टि पोख्दै यसबाट सुकुमबासीको घाँटी सेर्ने काम भएको बताए।
एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई अध्याँरो सुरुङमा नछिर्ने उनको भनाइ छ। एमालेको विवाद मिलाउने कसरत भैरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्ति आएको हो ।
कार्यक्रममा बोल्दैनेता नेपालले आफूहरु कसैको सामु शिर न निहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे। आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ। उनले भने, ‘हामी अगाडी बढ्छौँ दृढताका साथ। शिर निहुराउने छैनौँ। कसैको टाङमुनि छिर्ने छैनौँ।