१० मंसिर २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेशः बजेट अधिवेशन सुरु

गण्डकी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि सुरु छ ।

‘ओली प्रधानमन्त्री रहेसम्म प्रहरी प्रदेश मातहत आउँदैन’

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेसम्म प्रहरी प्रदेश सरकार मातहत नआउने ठोकुवा गरेका छन् ।

गण्डकीका अर्थमन्त्री भन्छन्ः अध्यादेशबाट बजेट ल्याउने अवस्था आउन सक्छ

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले अध्यादेशबाट बजेट ल्याउनुपर्ने अवस्था आउनसक्ने बताएका छन् । बजेट अधिवेशन शुरु हुनु तीनदिन बाँँकी रहँदा अर्थमन्त्री गुरुङले नियमित अधिवेशनबाट बजेट आउन नसकेमा अध्यादेशबाट बजेट ल्याउनुपर्ने हुनसक्ने बताएका हुन् ।

गण्डकी प्रदेशको बजेट खर्च ३६.८३ प्रतिशत

प्रदेशको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयका लागि १६ अर्ब २० करोड ५६ लाख विनियोजन भएकोमा वैशाख मसान्तसम्म ७ अर्ब ८५ करोड ६० लाख (४८.४८ प्रतिशत) खर्च गरेको छ ।

प्रदेश सरकारद्वारा गोरखालाई आठ हजार ६५५ एन्टिजेन किट प्रदान

गण्डकी प्रदेश सरकारले गोरखाका लागि आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान गरेको छ ।

गण्डकी प्रदेशः वर्षे अधिवेशन जेठ १६ देखि

गण्डकी प्रदेशसभाको वर्षे अधिवेशन आगामि आइतबारदेखि बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ ।

गण्डकी प्रदेशः १० महिनामा ३७ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा झन्डै ३७ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

गण्डकी प्रदेशः ७२ स्थानीय तहलाई ५ लाखको दरले अनुदान

गण्डकी प्रदेश सरकारले प्रदेशका ७२ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध लड्न ५ लाख रुपैयाँका दरले अनुदान दिने भएको छ ।

गण्डकी प्रदेशः मन्त्रिपरिषदमा पुरानै अनुहार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद गठन गरेका छन् । गत बैशाख २९ गते दोश्रोपटक मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले आफुसहित ६ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार

सपथ ग्रहणमा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्रीको सपथ लिएका थिए भने बस्नेत, लम्साल र पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

गण्डकी प्रदेशः मन्त्रिपरिषद् विस्तार हुँदै, तीन बजे शपथ खुवाउने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । ब्ुधबार दिउँसो तीनबजे नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी भएको छ ।

गण्डकी प्रदेशमा ५८ सय सिलिण्डर, खपत दैनिक ८ सय ५० मात्र

गण्डकी प्रदेशमा सबैगरि ५८०१ वटा सिलिण्डर रहेका छन् । ती सिलिण्डर प्रदेशका जिल्लामा आवश्यक अनुसार प्रयोगमा ल्याउन सकिने निर्देशनालयले बताएको छ । हाल दिनमा प्रदेशभित्र दैनिक ८५० सिलिण्डर मात्र अक्सिजन खपत भईरहेको छ ।

गण्डकी प्रदेशः मन्त्रिपरिषद् गठन हुनै सकेन

मुख्यमन्त्री चयन भएको पाँचदिन बित्दापनि गण्डकी प्रदेशमा मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन । पृथ्वी सुब्बा गुरुङले आफु मुख्यमन्त्री नियुक्त भएको पाँचदिन बित्दापनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेका हुन् । मन्त्रिपरिषद बिस्तार नहुँदा सरकारले गर्ने कामकारवाही ठप्प भएको छ ।

गण्डकीमा थप २३ जना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाले थप २३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका १० जना रहेका छन् ।

गण्डकी प्रदेशः थप १४ कोरोना संक्रमितको ज्यान गयो

गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्