४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश सरकारद्वारा गोरखालाई आठ हजार ६५५ एन्टिजेन किट प्रदान

गण्डकी प्रदेश सरकारले गोरखाका लागि आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान गरेको छ । तत्काल कोरोना संक्रमण पत्ता लगाउन सकिने उक्त किट सरकारका प्रवक्ता एवं पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीलाई हस्तान्तरण गरेका हुन् ।  

‘यो किट पालिकाहरुलाई आवश्यकतामा आधारमा, संक्रमित पहिचान गर्नुपर्ने, समस्या भएका ठाउँमा वितरण हुनेछ’ मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य कार्यालय मार्फत पालिकामा जानेछ ।’ प्रदेश सरकारले जनताको स्वास्थ्यको ख्याल गरेर हरेक जिल्लामा एन्टिजेन किट उपलब्ध गराएको उनले बताए । ‘पिसिआर परीक्षण गर्दा चाप धेरै हुने र छिटो रिपोर्ट नआएकाले तत्काल संक्रमित पहिचान गरेर उपचार गर्न सहज हुनेछ’, उनले भने ।  

ब्यापाक रुपमा कोरोना जाँच गर्न एन्टिजेन किटको सहायता लिइएको मन्त्री बस्नेतले बताए । ‘अहिले जस लिने भन्दा पनि सेवा दिनु मूख्य कुरा हो’, उनले भने, ‘गण्डकी प्रदेश सरकार जनतको स्वास्थ्यका बिषयमा गम्भिर छ ।’  

स्वास्थ्य कार्यालय गोरखाले उक्त किट तत्काल गाउँपालिकामा पठाउने तयारी गरेको छ । पालिकाले परीक्षणको दायरा बढाउनेछन् । पिसिआर रिपोर्ट ढिला आउने भएपछि चेकजाँच गराउने क्रम केही दिन यता घटेको छ । अझै दश दिन भन्दा लामो समयदेखि पिसिआर जाँच गर्न स्वाब दिएकाहरु रिपोर्ट कुरिरहेका छन् । प्रदेश प्रयोगशालामा चाप धेरै हुँदा समस्या भएको थियो ।

प्रकाशित: ११ जेष्ठ २०७८ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App