४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको बजेट खर्च ३६.८३ प्रतिशत

गण्डकी प्रदेशमा पछिल्लो १० महिनामा ३६.८३ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ७२ करोड १२ लाख बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्ममा ३६.८३ प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो । यस अवधिमा प्रदेश सरकारले चालुतर्फ ३१.८ र पुँजीगततर्फ ४०.११ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए।

चालुतर्फ १४ अर्ब ८ करोड २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले १० महिनामा ४ अर्ब ४७ करोड ६८ लाख (३१.८ प्रतिशत) खर्च गरेको छ । पुँजीगततर्फ २१ अर्ब ६३ करोड ९२ लाख बजेट विनियोजन गरेकोमा ८ अर्ब ६७ करोड ९२ लाख (४०.११ प्रतिशत) खर्च भएको छ। प्रदेशको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयका लागि १६ अर्ब २० करोड ५६ लाख विनियोजन भएकोमा वैशाख मसान्तसम्म ७ अर्ब ८५ करोड ६० लाख (४८.४८ प्रतिशत) खर्च गरेको छ। 

दोस्रो धेरै बजेट भएको सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब २८ करोड २८ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ६९ करोड ८० लाख (३२.१४ प्रतिशत) खर्च भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ३ अर्ब १८ करोड १६ लाख विनियोजन भएकोमा ६२ करोड ६३ लाख (१९.६९ प्रतिशत) खर्च गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयलाई १९ करोड ६३ लाख विनियोजन भएकोमा ४ करोड ३४ लाख (२२.१५ प्रतिशत) खर्च गरेको छ।

यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९० करोड २४ लाख विनियोजन भएकोमा ७२ करोड १३ लाख (३७.९२ प्रतिशत) खर्च गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६१ करोड ६० लाख बजेट विनियोजन भएकोमा २२ करोड २० लाख (३६.०४ प्रतिशत) खर्च भएको छ।

प्रकाशित: १२ जेष्ठ २०७८ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App