२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी प्रदेशः थप १४ कोरोना संक्रमितको ज्यान गयो

गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ । पोखरा सहित विभिन्न जिल्लास्थित अस्पतालमा  ती संक्रमितको उपचार भईरहेको थियो ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार मृत्यु हुनेमा आठजना कास्कीका छन् । त्यस्तै बागलुङका चारजना, म्याग्दी र दाङका एक–एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयले बताएको छ । ज्यान गुमाउनेमा १३ जना पुरुष र एकजना महिला रहेका छन् । प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ५०६ जना नयाँ संक्रमित पुष्टि भएको निर्देशनालयका निर्देशक शर्माले बताएका छन् । ती मध्ये कास्कीमा मात्र सबैभन्दा बढी २१० जना संक्रमित फेला परेका छन्  बाँकी ११९ जना संक्रमित बागलुङका छन् । ९१ जना पूर्वी नवलपुरका छन् । २४ घण्टामा १४५ जना संक्रमित निको भएका छन् । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३६ सय २ जना सक्रिय संक्रमित छन् ।  

प्रकाशित: ३० वैशाख २०७८ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App