२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपकुलपति आवेदन मन्त्रालयमै थन्किए

‘उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा मिल्न सकेको छैन। आवेदन त बहाना मात्र हो। शिक्षामन्त्रीलाई एसएमएस गर्नेको पनि नाम उपकुलपति नियुक्तिको दौडमा छ।’

६ विश्वविद्यालय उपकुलपतिविहीन

मंसिर ६ गतेदेखि नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा तीन महिने निमित्त उपकुलपतिहरूको म्याद सकिएको छ। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

त्रिवि सुधार्न उपकुलपतिको १५ बुँदे योजना

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले त्रिवि सुधार गर्न १५ बुँदे सुधार अभियान योजना ल्याएका छन्। त्रिवि साधारणसभामा उनले १५ बुँदे सुधार प्रस्तुत गर्दै त्रिविलाई प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने बताए।

त्रिवि उपकुलपतिका चुनौती

त्रिभुवन विश्वविद्यालय नेपाली उच्च शिक्षाको खुला प्रयोगशाला हो। देशमा विश्वविद्यालयको संख्या थपिँदै गए पनि अधिकांश विद्यार्थीको पहिलो रोजाइ यही संस्था हुँदै आएको छ। करिब १४ हजार शिक्षक र कर्मचारी साथै खर्बौँको अचल सम्पत्ति हुनु यसका सवल पक्ष हुन्। तर मानव संसाधन र साधन स्रोतको सही व्यवस्थापन नै त्रिविको जटिल समस्या हो। यसकै जनशक्ति प्रयोग गरेर देशका प्रायः सबैजसो निजी र सामुदायिक क्याम्पस चलेका छन्। तर त्रिविले ती संस्थाबाट हालसम्म कुनै आर्थिक र सामाजिक लाभ लिन सकेको छैन। एकोहोरो निजी र सामुदायिक क्याम्पसको उन्नयनमा लागेको त्रिवि आफैँ भने दिन÷प्रतिदिन ओरालो लाग्दो छ। त्रिविको नाम जोडेर सल्लाहकार, स्रोतव्यक्ति, विज्ञ वा फ्याकल्टीको रूपमा अन्यत्र काम गर्ने प्राध्यापकलाई नियमन गर्न नसक्ने हो भने त्रिविको सुधार गर्न असम्भव छ।

‘त्रिविमा गलत काम हुँदैन’

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सोमबार पदबहाली भएका नवनियुक्त उपकुलपति डाक्टर धर्मकान्त उपकुलपति बाँस्कोटाले पदभार सम्हालेलगत्तै आफूले सबै डिन र निर्देशकहरूसँग अन्तत्र्रिmया गरी राम्रो र नराम्रो दुवै पक्षको ब्र्रिफिङ लिने काम सुरु गरेको बताए ।

त्रिविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउँछुः नवनियुक्त उपकुलपति बाँस्कोटा

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन्।

उपकुलपति बन्न आवेदन माग

मुलुकका सातवटा विश्वविद्यालय भदौ ७ गतेदेखि उपकुलपतिविहीन छन्। चारवटा विश्वविद्यायमा उपकुलुक्ति गर्न एक महिनाअघि छनोट कमिटी गठन गरिए पनि भागबन्डा मिलाउन नसकेका कारण उपयुक्त उपकुलपतिको नाम सिफारिस गर्न छनोट कमिटी असफल बनिरहेको छ।

त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी

वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा गराउन दबाब दिँदै विद्यार्थीहरुले आज त्रिवि उपकुलपति र रेक्टरको कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

त्रिवि उपकुलपतिमा डा. भगवानको सम्भावना

सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवान्को नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान् कोइरालासहित तीनजनाका सिफारिस गरेको छ।

भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

त्रिविको उपकुलपति बन्न निवर्तमान उपकुलपति तीर्थ खनियासहित सुधा त्रिपाठी, अरुण सायमी, उपेन्द्र कोइराला, डिल्ली उप्रेतीलगायतको दौडधुप चलेको छ।

सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ।

आस्थाका बन्दी उपकुलपति

केही दिनअगाडि एक विदेशी राजदूत भेट्दा मेलै आफ्नो परिचय दिनेबित्तिकै उनले तीतो व्यंग्यसहित प्रश्न गरे– ‘नेपालमा कसरी विश्वविद्यालय सुधार हुन्छ जहाँ उपकुलपतिको समेत राजनीतिक नियुक्ति हुन्छ?’ विदेशीले यसरी सूक्ष्मरूपमा नेपालको उच्चशिक्षा नियालेको देखेर केही समय म निःशब्द भए। शिक्षामा भइरहेको राजनीतीकरणले देश बर्बाद हुँदा र विदेशीको नजरमा हुर्मत जाँदा पनि कसैको चेत खुलेको छैन। सात विश्वविद्यालयमा छिटै नियुक्त हुने नयाँ पदाधिकारी छनोट गर्ने मापदण्ड र उच्च शिक्षाको भावी कार्यदिशामा बहस हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन।

उपकुलपति फेरि पनि भागबन्डामै

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सवा दुई करोड रकम खर्च गरी १० महिना लगाएर तयार पारेको विद्यालयदेखि विश्वविद्यालय शिक्षाको सुधारका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत वर्ष माघ १ मा बुझाएको थियो। सो प्रतिवेदनमा विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र प्रशासनिक सुधारका लागि सुझाव समेटिएका थिए। जसमा विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्दा विश्वविद्यालय बोर्ड अफ ट्रस्टी गठन गरिनुपर्ने र सोही ट्रस्टीले गठन गर्ने छनोट कमिटीले नै उपकुलपति वा अध्यक्ष छनोट गर्नुपर्ने व्यवस्था छ।

कार्ययोजना र क्षमताका आधारमा उपकुलपति नियुक्त गर्न सुझाव

विद्यालयहरुको उपकुलपति चयन स्पष्ट कार्ययोजना, प्राज्ञिक क्षमता र पारदर्शिताका आधारमा हुनुपर्ने सुझाव दिइएको छ।

विश्वविद्यालयमा राजनीतिक नियुक्ति नगर

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारलगायतका उच्च पदाधिकारीको नियुक्ति हुन लागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्