२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘त्रिविमा गलत काम हुँदैन’

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सोमबार पदबहाली भएका नवनियुक्त उपकुलपति डाक्टर धर्मकान्त उपकुलपति बाँस्कोटाले पदभार सम्हालेलगत्तै आफूले सबै डिन र निर्देशकहरूसँग अन्तत्र्रिmया गरी राम्रो र नराम्रो दुवै पक्षको ब्र्रिफिङ लिने काम सुरु गरेको बताए ।

‘मैले आजैदेखि डिन, निर्देशकलगायतका जिम्मेवार पदाधिकारीहरूसँग विश्वविद्यालयको सकारात्मक र नकरात्मक पक्षको ब्रिफिङ लिने काम सुरु गरिसकेको छु,’ उपकुलपति बाँस्कोटाले नागरिकसँग कुरा गर्दै भने ‘एक महिनाभित्र सबै सूचना ल्याउन निर्देशन दिएको छु । विश्वविद्यालयको प्रतिष्ठा उच्च पार्न विशेष दृष्टिकोणसहित त्यसअनुसारको स्रोत जुटाउने काम उपकुपतिको हुन्छ, त्यो म पूरा गर्छु ।’

उनले लुकेर बसेको स्रोत–साधनको खोजी गरी विश्वविद्यालयको भौतिक पुर्वाधार, शैक्षिक विकास र प्राध्यापकहरूको अनुसन्धानमा खर्च गर्ने पनि बताए । २०३६ साल वैशाख २६ गते सहायक प्रशिक्षकको रूपमा प्रवेश गरेका बाँस्कोटा १० वर्षअघि मात्र प्राध्यापक भएका हुन् ।

उनलाई तल्लो तहदेखि माथिलो तहसम्मको अनुभव भएकाले यही अनुभवले विश्वविद्यायका समस्या चिर्न सहयोग गर्ने उनको विश्वास छ । पाकिस्तानको कलेज अफ फिजिसियन इन सर्जरीमा १३ वर्ष काम गरेको र नेपाल हेल्थ रिसर्चमा सात महिना काम गरेपछि उनलाई सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा चार बर्से नियुक्ति दिएको थियो । त्यसपछि उनी त्रिविका उपकुलपति नियुक्र भएका हुन् ।

प्रकाशित: १९ कार्तिक २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App