२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत पेन्सन सुविधाको निर्णय

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले जाँदाजाँदै कार्यकारी परिषद्बाट त्रिविको नियमविपरीत दोहोरो वधा लिने निर्णय गराएका छन्।

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

घुस लिएको रकमसहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र उनका भतिजविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ।

उपकुलपति बन्न–बनाउन लबिङ, शक्तिकेन्द्र धाउँदै भातृसंगठनआबद्ध प्राध्यापक

मुलुकमा सञ्चालित ११ विश्वविद्यालयमध्ये सातवटामा उपकुलपति, रेक्टर र रजिष्ट्रारलगायत पद भदौ ५ देखि असोज ५ गतेभित्र खाली हुँदैछन्।

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

सिनेटका एक सदस्यका अनुसार उपकुलपति भण्डारीले प्राज्ञिक परिषद् गठनका लागि प्रस्तुत गरेको अर्को प्रस्ताव अस्वीकृत गरी कुलपति र सहकुलपतिको सहमतिले प्राज्ञिक परिषद् गठन गर्न निर्देशन दिएको छ।

अबको उपकुलपति कस्तो हुनु पर्छ?

असोज ५ गतेभित्र मुलुकको सातवटै विश्वविद्यालयका उपकुलपतिहरुको पद रिक्त हुँदैछ। साथै विभिन्न विश्वविद्यालयका रेक्टर, रजिस्ट्रार र सेवा आयोगका अध्यक्षहरुको पद पनि खाली हुँदैछ। सुशील कोइराला प्रधानमन्त्री हुँदाको अघिल्लो सरकारका पालामा नियुक्त सातवटै विश्वविद्यालयका उपकुलपति राजनीतिक भागबण्डाकै आधारमा नेतालाई खुसी पारेकै भरमा खल्तीबाटै नियुक्ति भएका हुन्।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ।

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । आइतबार बिहान आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति जुटेपछि तालाबन्दी खुलेको हो । एमडी÷एमएसको कोटामा विदेशी विद्यार्थीलाई ग्राहयता दिएको भन्दै सोसाइटीले बिहीबार उपकुलपति डा. राजकुमार रौनियार र शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यालय प्रवेश गर्ने मूलगेटमा तालाबन्दी गरेका थिए । सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएबमोजिम एक तिहाइ सिट मात्र विदेशी विद्यार्थीहरूलाई छुट्याउनुपर्ने माग गरेको थियो । ताला खुलाउन प्रतिष्ठान सिनियर चिकित्सकहरूले शुक्रबार र शनिबार आन्दोलनरत जुनियर रेसिडेन्टहरूसँग पहल गरेका थिए ।

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।

विश्वविद्यालय सभाले उपकुलपति हटाउन सक्ने कानुन प्रस्ताव

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मा विश्वविद्यालयको उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था थिएन।

दुई उपकुलपति, संस्थागत गुटबन्दी

सरकारले बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिबाट बर्खास्त गरेका डा. राजकुमार रौनियारले बुधबार पुनः पदवहाली गरेका छन्। सर्वोच्च अदालतले रौनियारको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनले पुनः पदवहाली गरेका हुन्। रौनियारसँगै प्रतिष्ठानमा दुईजना उपकुलपति छन्। दुई उपकुलपति भएपछि प्रतिष्ठानमा अन्योल बढ्नुका साथै संस्थागत गुटबन्दी सुरु भएको छ।

न्याम्सको उपकुलपतिमा साह नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन्। उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रबार नियुक्त गररेका हुन्। यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि शुक्रबारै नियुक्तिसमेत गरेका छन्।

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

विवादस्पद छानबिन समितिको प्रतिवेदन छलफल गर्न सिनेट बैठक बोलाउने कि नबोलाउने भन्नेबारे स्वास्थ्यमन्त्री र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिबीचको विवाद न्यायलय पुगेको छ।

बीपीको प्रतिष्ठानमा उपकुलपति हटाउन नेकपाको लबिङ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति हटाउन सत्तारुढ पार्टी नेकपाको स्थानीयस्तरबाट लबिङ सुरु भएको छ।

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति एवं अनियमितता अनुसन्धान गर्न गठित छानबिन समितिले उकपुलति डा. राजकुमार रौनियारलाई दोस्रोपटक २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्