२० आश्विन २०८१ आइतबार
image/svg+xml

'एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ'

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन्।

नेपाल समूहको छुट्टै कार्यालय

नेकपा एमालेका माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ। नेपाल समूहले विराटनगरस्थित तीनपैनीमा दुई तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो।

ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।

नेपालगन्जमा २४ घण्टामा ३ सय ३७ जनालाई कोरोना संक्रमण

नेपालगन्जमा ३ सय ३७ जना नयाँ संक्रमित फेला परेका छन्। बितेको २४ घण्टाभित्र कुल ६ सय ७ वटा स्वाब परिक्षण गर्दा २ सय ३ जना पुरुष र १ सय ३४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्रै २ सय ५८ जना रहेका छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा कोरोना परीक्षण गरिएको थियो।

अध्यक्ष ओली र नेपाल आज पनि होटल मेरियटमा भेट्दै

बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी गरेका ओली र नेपालबीच आज दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो।

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड

लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताएका हुन्।

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।

ओली र नेपालबीच ‘आइस ब्रेक’

वार्तामा ओलीले नेपाललाई निसर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपत्ति नहुने बताएको स्रोतको दाबी छ ।

नेपाल सुपर लिगमा लुम्बिनी फुटबल क्लब सहभागी हुने

बैशाख ११ गते देखि काठमाडौंमा सुरु हुन लागेको नेपाल सुपर लिग फुटवलमा लुम्बिनी फुटबल क्लब (बिएलएफसी) ले भाग लिने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको सुपर लिगको उपाधी जित्ने गरी प्रतियोगीतामा भाग लिने सम्पूर्ण तयारी पुरा गरेको क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।

नेपाली अर्थतन्त्र र बजेटकाे प्राथमिकता

हामीसँग भएको अपार जनशक्तिलाई विदेशमा बेचेर होइन, यहीँ सदुपयोग गरेर देशलाई समृद्धितर्फ लैजाने योजना समेट्नुपर्छ।

एक्यानको वार्षिक सभा

साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधा छिटो समाधानका लागि पहल गर्ने आश्वासन दिए।

भारतद्वारा सहमतिविपरीत नेपाली भूमिमा बोर्ड

भारतले नेपाली भूमिमा भारत सरकारको बोर्ड राख्नु कूटनीतिक मान्यताविपरीत हो। भारतले सप्तकोसीको पूर्वी तटबन्ध क्षेत्रको बराहक्षेत्रको प्रकाशपुर राजावास सब–डिभिजन २४.१० र २४.४५ को स्पर मर्मत भइरहेको स्थानमा भारत सरकारको बोर्ड राखेको छ।

प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल १०६औं स्थानमा

विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल ६ अंक माथि उक्लिँदै ३४ दशमलव ६२ अंकसहित १०६औँ स्थानमा परेको छ। गत वर्ष विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा ३५ दशमलव १० अंकसहित ११२औँ स्थानमा रहेको नेपाल अन्य देशको प्रेस स्वतन्त्रताको अवस्था कमजोर हुँदा ६अंकले सुधार भएको देखिएको हो।

नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण

संसदीय दलको नेताको हैसियतमा ओलीले संघीय सांसदलाई सोधेको तीनपाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिह्न दुरूपयोग गरी अलग पार्टीको अभ्यास गरेको भन्दै कारबाही किन नगर्ने भन्ने प्रश्न गरिएको छ। ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारबाही किन नगर्ने ? सांसद सदस्यबाट किन नहटाउने ?’

नेपाल समूहले आफू पक्षका सांसदहरुको बैठक बोलायो

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुको बैठक बोलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्