१० मंसिर २०८१ सोमबार
image/svg+xml

कानेपोखरीमा तेक्वान्दोको ग्रेडिङ

ग्रेडिङको प्रशिक्षकमा नवीन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल रहेका थिए। ग्रेडिङमा ५१ जना खेलाडीको सहभागिता रहेको कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले जानकारी दिए।

कोरिया रोजगारी सुचारु गर्न पहल

सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले रोकिएको रोजगारी सुचारु गर्न कोरियाले केही सर्त अघि सारेर छलफल सुरु भएको बताए।

कोरिया रोजगारी अन्योलमा

१५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्।

नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव हुँंदैन: मेयर श्रेष्ठ

कोडिभ-१९ र्‍यापिड एक्सन टास्कफोर्स समूहबाट नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा अस्पतालका लागि १० लि.को ६३ थान हाइपर फमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन लिंदै मेयर श्रेष्ठले यस्तो जनाएका हुन्।

सहकारीद्वारा नेपाल–कोरिया अस्पताललाई ४ थान पेसेन्ट मनिटर सहयोग

स्वास्थ्य सामग्री सहयोग गरेका सहकारीहरुमा बाबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राकेश श्रेष्ठ रहेका छन्।

कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ। किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन्।

इपिएसमार्फत् कोरिया गएका नेपाली मजदुरको भिसा अवधि थप

इपिएसमार्फत् दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ।

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ।

कोरिया रोजगारीमा अन्योल

कोरियालाई श्रम गन्तव्य बनाउने अन्य कतिपय मुलुकले कोरिया सरकारका उच्च अधिकारीहरूसँग कुराकानी गरी आफ्नो मुलुकबाट श्रमिक पठाइसकेका छन्। तर नेपाल सरकारले भने त्यस किसिमको प्रयास नगर्नु अचम्मलाग्दो पक्ष हो।

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया जान पाउने

दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्।

भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार कोरिया जान पाएनन्

एक वर्षदेखि बन्द कोरिया रोजगारी सुचारु गर्ने प्रयासका लागि उनी एपिएस पीडित समूह बनाएर कहिले वैदेशिक रोजगार विभाग त कहिले विभिन्न मन्त्रालयमा पुग्ने गर्छन्।

कोरिया रोजगारी तत्काल सुरु नहुने

भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ।

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो।

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना

स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना दिनेलगायतका कार्य गरेर जानकारी दिएको जनाएको छ। कोरोना परीक्षण वैधानिक तथा अवैधानिक सबै कामदारले समेत अनिवार्यरूपमा गर्नुपर्नेछ। अवैधानिक कामदारको हकमा कुनै पनि परिचय खुलाउनुपर्ने छैन। परीक्षण सबैले निःशुल्करूपमा प्राप्त गर्नेछन।

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्