६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

सहकारीद्वारा नेपाल–कोरिया अस्पताललाई ४ थान पेसेन्ट मनिटर सहयोग

मध्यपुर थिमिमा संचालित विभिन्न  ४ वटा सहकारी संस्थाहरुले मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, थिमिलाई ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको  स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

आज अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा स्वास्थ्य सामग्री पेसेन्ट मनिटर ४ थान अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई सहकारीका अध्यक्षहरुले हस्तान्तरण गरेका थिए।  

स्वास्थ्य सामग्री सहयोग गरेका सहकारीहरुमा बाबा बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ज्ञानराम श्रेष्ठ, शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, उपकार बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कान्छाभक्त घजु र नवआदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राकेश श्रेष्ठ रहेका छन्।

सो कार्यक्रममा अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले कोभिड– १९ को दास्रो लहरले यस भेगमा पनि संक्रमितहरुको संख्यामा बृद्धि भएको र सो वृद्धिलाई अस्पतालको स्रोत र साधनले भ्याएसम्म उपचार गरी जनताको ज्यान बचाउन लागि परेको जानकारी दिए। उनले यस  नगरको सहकारीहरुको स्वास्थ्य सामग्री अन्तरगतको पेसेन्ट मनिटरको सहयोगले बिरामीको उपचार गर्न चिकित्सकहरुलाई सहज र निर्णय लिन मद्दत पुग्ने विश्वास जनाए।

सहकारीहरुको तर्फबाट बाबा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानराम श्रेष्ठले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड– १९ को दोस्रो लहरले नेपालभर समेत प्रभावित भैरहेको अवस्थामा भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका क्षेत्र पनि अति प्रभावित भैरहेकोले आफूहरुले सहयोग गरेको बताए।

प्रकाशित: १५ जेष्ठ २०७८ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App