१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कानेपोखरीमा तेक्वान्दोको ग्रेडिङ

आइटिएफ तेक्वान्दोले शनिबार मोरङको कानेपोखरी गाउँपालिकामा जुनियर बेल्ट टेस्ट गे्रडिङ गरेको छ।  

कोनेपोखरी–६ स्थित रमाइलोमा कानेपोखरी आइटिएफ तेक्वान्दोले बेल्ट टेस्ट गे्रडिङ गरेको हो। तेक्वान्दोका प्रशिक्षकले खेलाडीको शारीरिक अवस्था, कला र मौखिक परीक्षामा सफल भएका खेलाडीलाई ग्रेडिङ दिइन्छ।

ग्रेडिङको प्रशिक्षकमा नवीन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल रहेका थिए। ग्रेडिङमा ५१ जना खेलाडीको सहभागिता रहेको कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले जानकारी दिए। नयाँ खेलाडी उत्पादन गर्ने र यस खेलप्रति अभिरूचि बढाउने उद्देश्यले कानेपोखरीमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पनि सुरू गरिएको उनले बताए।

कार्यक्रममा बोल्दै दक्षिण एसियाली आइटिएफ तेक्वान्दो फेडेरेसन बोर्ड सदस्य तथा आइटिएफ प्रदेश १ का अध्यक्ष प्रवीण कार्कीले खेलकुद क्षेत्रमा राज्यले प्राथामिकता दिनुपर्ने बताए। ग्रामीण क्षेत्रमा हुने यस्ता कार्यक्रमले खेलाडीको मनोबल उच्च हुने र खेलप्रतिको अभिरूचि बढेर जाने बताए। राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्न सके मात्र यस क्षेत्रको विकास हुने र खेलाडीहरू व्यवसायिक बनेर अगाडि बढ्ने कार्कीले बताए। कानेपोखरी–६ का वडाध्यक्ष तथा प्रवक्ता सुशील बुढाथोकीले खेलकुद क्षेत्रलाई स्थानीय तहले विशेष प्रथामिकतामा राखेको बताए।

प्रकाशित: २६ असार २०७८ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App