२८ पुस २०८१ आइतबार
image/svg+xml

सुरु भयो नेपाल–अफ्रिका फिल्म महोत्सव

नेपाल–अफ्रिका फिल्म महोत्सव सुरु भएको छ। शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्सवको उद्घाटन गरेका थिए।

जनकपुरमा नेपाल साहित्य महोत्सव हुने

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुने भएको छ। आगामी कात्तिक २२ देखि सुरु हुने नेपाल साहित्य महोत्सवमा साहित्य, कला र राजनीतिका विभिन्न पक्षमाथि बहसको आयोजना गरिने जानकारी महोत्सव निर्देशक अजित बरालले दिए।

पोकलीमा दुईदिन महोत्सव

ओखलढुंगास्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय गन्तव्य पोकली झरनालाई प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ। दुई दिनसम्म हुने उक्त महोत्सव पोकली झरना सेवा समाजको आयोजनामा हुन गइरहेको आयोजकले जनाएको छ।

पोकली झरना महोत्सव हुने

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्रधन गर्ने उद्देश्यले ओखलढु्ङ्गाको पर्यटकीय क्षेत्र पोकली झरना परिसरमा ‘पोकली झरना महोत्सव’ हुने भएको छ।

मंसीर ५ देखि लुम्बिनी महोत्सव हुने

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औधोगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ उद्योग व्यापार संगठन रुपन्देहीले आगामी मंसिर ५ गतेदेखि १६ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो।

ढम्कनेमा आलु महोत्सव हुने

आलु खेतीका लागि उर्वर भूमिका रुपमा चिनिएको ढम्कने क्षेत्रमा आलु महोत्सव हुने भएको छ। आलु खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बडिमालिका नगरपालिका–७ ढम्कने क्षेत्रमा आलु महोत्सव हुन लागेको हो।

मेलुङमा आलु महोत्सव

आफ्नो गाउँपालिकाको मुख्य उत्पादन आलुको प्रवद्र्धन गरेर आत्मानिर्भर बनाउन जिल्लाको मेलुङ गाउँपालिकाले शुक्रबारदेखि आलु महोत्सव आयोजना गर्ने भएको छ।

जिरीमा शुक्रबारदेखि सडक महोत्सव

सुन्दर पर्यटकीय नगरी जिरीमा शुक्रबारदेखि सडक खाना महोत्सव आयोजना हुने भएको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना हुन लागेको सडक खाना महोत्सव ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

प्रथम छेडेदह महोत्सव सुरु

जिल्लामा प्रथम छेडेदह पर्यटन महोत्सव आइतबारदेखि सुरु भएको छ। विजयादशमी तथा शुभ दीपावलीको अवसरमा स्थानीयस्तरमा उत्पादित चिजवस्तुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले जयमालिका यातायात प्रालिले सो महोत्सव आयोजना गरेको हो।

मनाइयो भुजुङ पर्यटन महोत्सव

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा पर्यटन महोत्सव मनाइएको छ। असोज १३ गते सुरु भएको महोत्सव १५ गते समापन गरिएको महोत्सवका संयोजक तुलबहादुर गुरुङले जानकारी दिए।

मंसिर २५ देखि किम्फ हुने

यस वर्षको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आगामी मंसिर २५ देखि २९ सम्म हुने भएको छ। बुधबार प्रेस विज्ञप्तिमार्फत आयोजकले सन् २००० देखि निरन्तर चलिरहेको किम्फको १७ औं संस्करणबारे जानकारी गराएको थियो।

हिमालय कला महोत्सव सुरु

काठमाडौं बबरमहस्थित नेपाल आर्ट काउन्सिलमा पाँच दिने हिमालय कला महोत्सव सुरु भएको छ। आइतबारदेखि सुरु भएको कला महोत्सवमा चित्रकला, मूर्तिकला, फोटोग्राफी र मिक्समिडियालगायतका नेपाली चित्रकला राखिएका छन्।

साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस

‘नेपाली फिल्म करोड क्लबमा छि-यो भन्नु अफवाह मात्रै हो। फिल्मको प्रचारको लागि करोड क्लबको हल्ला हुने गर्दछ। कतिपयलाई जे गरेपनि राम्रो फिल्म बन्छ भन्ने लाग्छ, ’अभिनेता दयाहाङ राई भन्दै थिए। इलाम सात्यि महोत्सवअन्तर्गत शनिबार आयोजना भएको ‘करोड क्लब र अफवाह’ शीर्षकको अन्तरक्रियामा नेपाली फिल्मको विभिन्न पक्षमाथि छलफल भएको थियो।

फिल्म महोत्सवको नियमको विरोधमा निर्माता

पोल्यान्डका फिल्म निर्माताले राजनैतिक आरोपका कारण फिल्म फिर्ता लिएपछि फिल्मकर्मीले फिल्म महोत्सवको कलात्मक स्वतन्त्रताको माग गरिरहेका छन्। उनीहरूले संस्कृति मन्त्रालय संलग्न हुने पोलिस फिल्म महोत्सवको छनोट प्रक्रिया स्वतन्त्र हुनुपर्ने माग राख्दै अपिल गरेका थिए।

संस्कृति आदानप्रदानमा जोड

चीनको ७० औं गणतन्त्र दिवसको अवसर पारेर राजधानीमा ‘चिनियाँ चलचित्र महोत्सव’ सुरु भएको छ। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, जिओ जियांग र हरिवंश आचार्यले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्