२८ पुस २०८१ आइतबार
image/svg+xml

मन्त्रीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

पश्चिम नेपालको टीकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रममा सहभागी बनेर काठमाडौं फर्कने क्रममा नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्यययन मन्त्री योगेशकुमार भट्टराईमाथि अभद्र व्यवहार भएको भन्दै नेकपा ताप्लेजुङले निन्दा प्रकट गरेको छ।

बनेपा महोत्सवको तेस्रो संस्करण

फुटबलमा चर्चित बनेपा ब्वाइज क्लब (बिबिसी)ले यो वर्ष पनि बनेपा महोत्सव आयोजना गर्ने भएको छ। क्लबले यसअघिका दुईवटा महोत्सवलाई सफलतापूर्वक सम्पन्न गरेको अनुभवले तेस्रो वर्ष पनि आयोजना गर्न लागेको हो।

हिमालयन आर्ट महोत्सव हुने

ई आर्टस् नेपालले हिमालयन आर्ट महोत्सवको आयोजना गर्ने भएको छ। आगामी असोज १२ देखि १६ सम्म नेपाल कला परिषद्मा आयोजना हुन लागेको महोत्सवमा कला प्रदर्शनी, छलफल, कला र नृत्य प्रशिक्षणलगायत सञ्चालन हुनेछन्।

हुम्लामा पर्यटन महोत्सव

आगामी असोज ६ र ७ गते हुम्लाको एल्वाङमा दोस्रो क्रस बोर्डर महोत्सव हुने भएको छ। नाम्खा गाँउपालिकाको आयोजनामा हुने उक्त महोत्सवलाई कैलाशको संगमको रुपमा लिइएको छ।

जुम्लामा स्याउ महोत्सव (फोटो फिचर)

एक सय किसानले आफुले उत्पादनको स्याउ महोत्सवमा प्रदर्शन गर्ने भएका छन्। यो महोत्सव नयाँ पुस्ताका किसानका लागि हो। यो नयाँ पुस्ता उत्पादनसँग जोडिएको सुसंस्कृत बनोस् भन्ने हाम्रो चाहना हो। आयोजक समितिका सरोज शाही भन्छन्

कटारी महोत्सव सातादिन अघि सर्‍यो

उदयपुरको कटारीमा असोज दोस्रो सातासम्म आयोजना गर्ने भनिएको ‘प्रथम कटारी महोत्सव ०७६’ सातादिन अघि सरेको छ। आउँदो असोज ११ देखि १७ गतेसम्म सञ्चालन गर्ने टुंगो भएको महोत्सव हिन्दु पर्व दसैं नजिकिएको र अन्य प्राविधिक कारण देखाउँदै असोज ४ देखि १० गतेसम्म सञ्चालन गर्ने गरी सारिएको मूल आयोजक समितिले जनाएको छ।

वीरगन्जमा फिल्म महोत्सव हुँदै

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न संघले सक्दो प्रयास गर्ने बताए। आयोजकसँग छलफलपछि होटल व्यवसायी केडियाले वीरगन्जका लागि यो महोत्सव ऐतिहासिक अवसर भएका बताउँदै वीरगन्जले यसको उपयोग गर्न सक्नुपर्ने बताए।

साहित्य महोत्सवमा जावेद र शबना

यस वर्षको नेपाल साहित्य महोत्सवमा भारतीय लेखक जावेद अख्तर, शशी थरुर र अभिनेत्री शबना आजमी सहभागी हुने भएका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आगामी मंसिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुने नेपाल साहित्य महोत्सवबारे जानकारी गराइएको थियो।

एसियन मार्केटमा निर्माता खोज्दै नेपालका फिल्म

यस वर्षको बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गत एसियन प्रोजेक्ट मार्केटमा नेपालको दुई फिल्मको स्क्रिप्ट छनोट भएका छन्। निर्देशक विनोद पौडेलको ‘एक्रोन इन्टरनेसनल’ र राजेशप्रसाद खत्रीको ‘ब्ल्याक एन्ड ह्वाइट फोटो’ फिल्मको स्क्रिप्ट बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गत एसियन प्रोजेक्ट मार्केटमा सहभागी हुनेछन्।

भदौमा डोल्पो महोत्सव

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सन्देश फिजाउने उद्देश्यले आगामी भदौ २४ देखि २८ गतेसम्म डोल्पो महोत्सव हुने भएको छ।

पानी रंगको गोरेटोमा

कलाकारितामा लाग्नेहरू सुरु–सुरुमा पानी रंगले चित्र बनाउँछन्। रंगहरू सर्वसुलभ पाइने र अन्य भन्दा सस्तो हुने भएकाले उनीहरू जल रंग प्रयोग गर्छन्।

'चोरबाटो’बाट मेला–महोत्सवलाई भुक्तानी

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि भेरी र कर्णाली नदीमा -याफ्टिङ सञ्चालन गर्न १० लाख रुपैया छुट्यायो।

भक्तपुर महोत्सव हुने

भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने भएको छ।

पोखरामा रोपाइँ महोत्सव, विदेशीको हिलो छ्यापाछ्याप (फोटो फिचर)

पोखरा महानगरपालिका–१७, महतगौडा विरुवा फाँटमा केहीवर्ष अघिसम्म बस्ती निकै नै पातलो थियो। बस्ती कम रहेको फाँटमा यो बेला धान रोप्ने किसानको चटारो मात्र देख्न पाइन्थ्यो। तर, अहिले बस्ती बाक्लिदो छ। बस्ती थपिँदै गएपछि विरुवा फाँटमा चहलपहल पनि निकै नै बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्