८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

सुरु भयो नेपाल–अफ्रिका फिल्म महोत्सव

काठमाडौं – नेपाल–अफ्रिका फिल्म महोत्सव सुरु भएको छ। शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्सवको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै उनले विगत ८ वर्षदेखि आयोजना हुँदै आएको सो महोत्सवले नेपाल र अफ्रिकाको फिल्म कल्चरको आदन प्रदानमा योगदान पु¥याउने बताए। महोत्सव आगामी कात्तिक १८ सम्म चल्नेछ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनले आयोजना गरेको महोत्सवमा नेपालसहित १२ देशका २५ वटा फिल्महरु प्रदर्शन हुनेछन्। कार्यक्रममा बोल्दै महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याएर फिल्म कल्चर आदन प्रदानको लागि महोत्सवको आयोजना गरेको बताइन्। त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले चाँडै आउन लागेको राष्ट्रिय चलचित्र ऐनले फिल्म क्षेत्रको विकासमा टेवा पुग्ने बताए।

महोत्सवको पहिलो दिन ‘इनभेन्सन १८९७’, ‘पाखुरे’, ‘देवकी’, ‘नेपाल ल्यान्ड अफ डाईभर्सिटी’ र ‘न्यु मुन’ लगायत फिल्महरु प्रदर्शन भएका थिए। यसपटक महोत्सवमा नेपाल, अफ्रिकाको नाइजेरिया, केन्या, घाना, दक्षिण अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी, नर्वे, जर्मनी र बेलायतका फिल्महरु सहभागी भएका छन्। महोत्सवअन्तर्गत आगामी कात्तिक १९ मा नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा फिल्म कार्यशालाको आयोजना हुँदैछ।

प्रकाशित: १७ कार्तिक २०७६ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App