५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोरोना संक्रमित महिलाकाे कोखबाट स्वस्थ नवजात शिशुकाे जन्म

अचम्मको कुरा कोरोना संक्रमित आमाले आफ्नै कोखबाट जन्म दिएको नवजात शिशुलाई भने कोरोना सक्रमण भएको छैन। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यो साता मात्रै तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन्।

कोरोना संक्रमित महिलाले जन्माईन् स्वस्थ बच्चा

सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।

अख्तियारका पूर्व प्रमुखआयुक्त बस्नेत अस्वस्थ, अस्पताल भर्ना

पाँच वर्षअघि मुटुको शल्यक्रिया गरेका बस्नेतको मुटुको समस्या बल्झिएपछि कारागार प्रशासनले दुई साताअघि अस्पताल भर्ना गरेर उपचार गर्न अनुमति दिएको थियो। डिल्लीबजारस्थित कारागारमा रहेका बस्नेतको चैत २३ गते राति समस्या आएपछि तत्कालै हिमाल अस्पतालमा उपचार गराइएको थियो। त्यसपछि केही दिन आराम भए पनि पुनः समस्या आएपछि परिवारका सदस्यहरूको आग्रहमा उनलाई अहिले ग्राण्डी अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ।

पानी पर्दा वायु प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणहरूलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो। बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवालोका कारण गत शुक्रबार वायुमण्डलको पारदर्शिता (भिजिविलिटी) को मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर ७ किलोमिटर पुगेको छ।

एक महिने स्वस्थानी व्रत सकियाे

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ। पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम शनिबार बेलुकी नै समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए।

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।

पुराणको पथमा स्वस्थानी व्रतकथा

माघमा जब सूर्य थकित भएर अष्टाचलबाट अस्ताउन खोजिरहेको हुन्छ, तब काठमाडौंको घरघरमा कनिकुथी गरेरै भए पनि एउटा श्लोक सुनिने गर्छ, त्यो हो– यं ब्रह्मां बरुणेन्द्ररुद्रमरुतः स्तुवन्ति दिव्यै स्तवै...। श्लोकको पारणपछि संसारको सृष्टिदेखि विलयसम्मको कथा सुरु हुन्छ। यसरी सुरु हुने कथा हो– स्वस्थानी व्रतकथा।

मेरी आमाको त्यो सुकसुकाहट

कति वर्षको थिएँ यसै भन्न सक्दिनँ, तर मैले थाहा पाउँदादेखि नै हाम्रो घरमा स्वस्थानी कथा पढिन्थ्यो। हामी सानो हुँदा कान्छा काकाले कथा भन्नुहुन्थ्यो र हामी वरिपरि बसेर सुन्थ्यौँ। पछि दिदीले र मैले पालैपालो भन्न थाल्यौँ। स्वस्थानी सुरु भएपछि एउटा गजबको माहोल बन्थ्यो घरमा। आमा राधादेवी बस्नेत प्रायः वर्ष बिराएर स्वस्थानीको व्रत बस्नुहुन्थ्यो।

स्वस्थानी व्रतकथा मेला आजदेखि सुरु (फोटोफिचर)

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ।

सन्तुलित अभ्यासले स्वस्थ शरीर

खेलकुद एउटा यस्तो माध्यम हो, जसले मानिसलाई प्यासनसँगै स्वस्थ शरीर निर्माण गर्न सहयोग पु-याउँछ भने सँगै ख्याति कमाउने माध्यम पनि बन्छ । दैनिक १० हजार पाइला हिँड्ने एउटा मानिस स्वस्थ नागरिक बन्न सक्दछ ।

कोभिड–१९ को सन्देश : स्वस्थ प्रकृति स्वस्थ मानव

विभिन्न अध्ययनले देखाउँछ कि मानिसमा हुने संक्रामक रोगको ६५ प्रतिशत जनावरबाट उत्पन्न हुन्छ र जनावरजन्य (जुनोटिक) संक्रामक रोगको ७१ प्रतिशत जति जंगली जनावरसँग सम्बन्धित पाइन्छ । उदाहरणका लागि एचआइभी एड्सको संक्रमण गुरिल्ला र चिम्पान्जीबाट उत्पन्न भाइरसबाट, एभियन फ्लुको महामारी जंगली जल पक्षीबाट र जंगलमा हुने टिक्स्बाट सुँगुर हुँदै स्वाइन फ्लुको महामारी भएको पाइन्छ ।

खानामार्फत कोभिड–१९ संक्रमण !

जनस्तरमा कोभिड–१९ संक्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादनबाट कोभिड–१९ को भाइरस एक इलाकाबाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्नुपर्छ।

कोभिड–१९ र स्वस्थ खाना

स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।

स्वस्थ जीवनशैलीका पुरानै विधि

रुघा, खोकी, ज्वरोलगायत भाइरल इन्फ्लुएन्जा लागेको अवस्थामा भाइरसको संक्रमणका कारण व्यक्ति शारीरिक तथा मानसिकरुपमा शिथिल हुन्छ । विशेषगरी मौसमी परिवर्तनको समयमा भाइरल इन्फ्लुएन्जाले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । एक मौसमबाट अर्को मौसमको परवर्तनले वातावरणमा उतारचढाव हुँदा व्यक्तिको शरीरको प्राकृतिक प्रणाली परिवर्तित हुन्छ । शरीरको प्रणालीमा वातावरणीय प्रभावका कारण परिवर्तन हुँदा शरीर नै बिरुवाले पालुवा फेरेको जस्तो कोमल हुँदा भाइरसले छिटो आक्रमण गर्न सक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्