१२ असार २०८१ बुधबार
image/svg+xml

निर्वाचनप्रति एमालेले असन्तुष्टि जनाइरहेका बेला सञ्चारमन्त्रीद्वारा स्पष्टीकरण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परार्मश समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन्।

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ।'

शर्मामाथि भएकाे छानविन प्रतिवेदन जनताले पनि अस्विकार गर्नुपर्छ: ओली

‘इन्टरनेशनल छानविन गरौं। यो देशविरुद्धको अपराध हो। देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ। मामुली कुरा हो यो? आइन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन।'

प्रचण्ड प्रधानमन्त्री बन्न देश-विदेश दौडाहामा छन्ः शंकर पोखरेल

प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ। यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ। जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन। लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने प्रणाली हो। हो यहीँ मान्यताको पैरवी गरिएको हो।

निष्प्राण र हानिकारक सरकार हामी बोक्न सक्दैनौंः ओली

‘यसैलाई बोकिरहन चाँही अब उपयुक्त हुँदैन। यही सरकार बोकेर हिँडनु, एउटा हदसम्म बोक्नु पर्छ। तर निष्प्राण भयो। त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन। हानिकारक छ भने झन बोक्नु हुँदैन। यसले हैजा फैलाउँछ। गठबन्धन देशका लागि यो मृत भइसक्यो।'

एमालेद्वारा नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति

विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शुन्य अवस्थाबाट सुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको बताए। उनले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भिर नभएको बताए। उनले नमिलेको विषयलाई यही संसदमा छलफल गर्नुपर्ने बताए।

प्रतिनिधीसभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माणमा उठेका प्रश्नहरुको जवाफ दिन नदिने रणनीति अंगिकार गरेपछि प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

सीसीटीभीको फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरेः प्रदिप ज्ञवाली

बजेट निर्माण बेलाको सीसीटीभी फुटेज ‘डिलिट’ गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन्।

यो देशको बजेट होइन, व्यापारी घरानाको होः ओली

प्रमुख प्रतिपक्ष दलका नेता केपीशर्मा ओलीले दुई/चार व्यापारी घरानाका लागि सरकारले बजेट बनाएको आरोप लगाएका छन्।

प्रधानमन्त्रीलाई ओलीको प्रश्नः तपाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएकै हो?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘केही गर्न नसक्ने अवस्था पुग्नुभएको हो’ भन्दै प्रश्न गरेका छन्।

एसपीपी कार्यमा कसले राष्ट्रघात गर्‍यो संसदलाई जानकारी गराउनुस्: भीम रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।

सरकारले अमेरिकालाई एसपीपीमा सहभागि नहुने भनेर पत्राचार नगरेकोमा रावलद्वारा आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सहभागि नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन्।

पाकिस्तानमा सत्ता परिवर्तनले विश्वमा के असर पर्ला?

पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्‍यो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।

एमसीसी संसदबाट पारित गर्न दिएर सभामुखले अर्को गल्ती गरे: ओली

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्