१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दोस्रो तहका नेताबीच पनि मिलेन कुराः कांग्रेसको प्रस्तावमा एमालेको पुरानै अडान

शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

गठबन्धनलाई उठ्नै नसक्नेगरी पछार्छौं: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिएका छन्।

एमसीसी अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ: सुरेन्द्र पाण्डे

एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए।

सरकार परिवर्तनको पक्षमा एमाले छैन: महासचिव पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।

प्रचण्ड र माधव नेपालको पार्टीमा गएकाहरु एमालेमै आउनुस, देश बनाउने अभियानमा लागौं: केपी ओली

अध्यक्ष ओलीले अब एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताएका हुन्।

सभामुखको आरोपः एमालेले अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पार्ने काम गर्‍यो

सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत समेत गराए।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

वर्तमान परमादेश सरकार गठन भएपछि विकास निर्माण ठप्प भएको छ। विकास खर्च हुन नसक्दा वा आर्थिक गतिविधि नहुँदा बैंकहरूमा पैसाको चरम अभाव हुन थालेको छ।

प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहकः ओली

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताए। उनले उनीहरुको कनेक्सन कहाँ छ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताए।

राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन सकेनः पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरेलले जुनसुकै विचारधारमा उभिएको भएपनि राजनीतिक दलहरुले राष्ट्रलाई सर्वोपरी ठानेर अघि बढनुपर्नेमा जोड दिए।

हामी नभएको भए, १७ साल अस्ति नै आइसक्थ्यो: ओली

ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत आफूविरुद्ध प्रयोग भएको बताए।

अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गरः अध्यक्ष ओली

शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए।

पूर्वअर्थमन्त्री पौडेलको आरोपः सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए।

प्रमुख प्रतिपक्ष दलको माग सम्बाेधन नगरी जबर्जस्ती संसद चलाउनु अनुपयुक्तः कमल थापा

संसद् बैठकमा हुने गरेको नेकपा एमालेको अवराेधलाई सम्बाेधन नगरिएकाे विषयलाई लक्षित गर्दै उनले भने, 'प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बाेधन र व्यवस्थापन नगरी जबर्जस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्