७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट चार अध्यादेश स्विकृत

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिबाट स्विकृत गरिएको छ। एमालेका अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्विकृत भएको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माथि उल्लेखित तीन वटा अध्यादेश सम्बन्धि प्रस्ताव स्विकृतिका लागि निर्णयार्थ पेश गरेका थिए भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्विकृतिका लागि निर्णयार्थ पेश गरिन्। तर ती प्रस्तावहरुको विरोधमा सांसद प्रेम सुवालले सूचना दर्ता गराएका थिए।

प्रकाशित: ७ पुस २०७८ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App