३ कार्तिक २०८१ शनिबार
image/svg+xml

नेपालगन्जमा हुस्सु र कुहिरोले उडान प्रभावित

मौसम परिवर्तनसँगै नेपालगन्ज विमानस्थल उडान प्रभावित हुन थालेको छ। साँझबिहान हुस्सु लाग्दा दैनिक उडान प्रभावित हुने गरेको हो।

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा जलस्रोत मन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढी पुर्‍याएको क्षति अवलोकन गर्न स्थलगत अनुगमनमा निस्किएका हुन्।

कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ।

देउवा पछ्याउँदै पौडेल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेको हप्ता दिन नहुँदै उनकै दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः उक्त क्षेत्रमा निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले निरीक्षण गरेको पाँच दिनपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बर्दियाका बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान निरीक्षण गर्ने कार्यक्रम छ।

बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुर जाँदै प्रधानमन्त्री देउवा

बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बर्दिया जाँदै छन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुर पश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।

वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन प्रभावित

लगातारको वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा पुगेका पर्यटक हिमपातका कारण गन्तव्यमा पुग्न पाएका छैनन्। अर्काे हिमाली जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले पनि स्थलमार्गमा निकै नै सकस खेप्नु परेको छ।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

हराभरा संस्कृतिमा गरिबी

प्रत्येक दिन, हप्ता, महिना, मौसम जहिले पनि कुनै न कुनै पर्व चाड मनाएर पनि आफ्नो दैनिकी सुचारु राख्न सक्ने हाम्रो समाजमा पश्चिमा शैलीको संस्कृतिले प्रभाव पारेर हाम्रो मौलिकता मार्न दिनु हुँदैन।वर्षमा दुई दिन मात्रै सार्वजनिक बिदा पाइने मुलुकले आफूलाई संस्कृतिको धनी बनाउन विभिन्न प्रयास गरेका हुन्छन्।

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा

अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

निरन्तर वर्षाले उदयपुरको जनजीवन प्रभावित

दिनहुँजसो भईरहेको वर्षाका कारण आन्तरिक सडकहरु भत्के बिग्रेर सदरमुकामदेखि अन्य स्थानीतहबीच आवतजावतमा समस्या उत्पन्न भएको छ भने नगर गाउँपालिकाहरुका आन्तरिक सडकहरु अवरुद्ध हुन पुगेका छन्।

सहुलियत कर्जामा एक खर्ब २२ अर्ब लगानी

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्