७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् : ज्ञानेन्द्र कार्की

विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी:

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारीक बैठकले संविधान र कानुनअनुसार सरकारले स्वीकृतिका लागि पेस गरेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपतिलाई सुझाएको हो ।

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारीक बैठकले संविधान र कानुनअनुसार सरकारले स्वीकृतिका लागि पेस गरेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपतिलाई सुझाएको हो।

काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाले कार्यकर्तामा निराशा छाईरहेका बेला बाँके काँग्रेसका पुराना तथा अग्रज नेताले पार्टीको सुदृढीकरण गरी नयाँ ढंगबाट अगाडी बढाउनुपर्ने सुझाव दिएका छन्। यसका लागी पार्टीको केन्द्रिय नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनीहरुको भनाई छ।

कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल सुरु भएको छ । नयाँबानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको हो ।

बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कमजोर बनेको नेपाली काँग्रेस समानुपातिकतर्फ भने बाँकेमा पहिलो भएको छ । हालै सम्पन्न समानुपातिक मत परिणाम अनुसार नेपाली काँग्रेस पहिलो भएको हो।

समानुपातिक तर्फ डोटीमा नेपाली कांग्रेस पहिलो

प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत डोटीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार दुबै निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नुवाकोटमा समानुपातिक तर्फ काँग्रेस अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ। गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन्।

सोलुमा समानुपातिकतर्फ काँग्रेस पहिलो

सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त हुँदा प्रदेश सभा तर्फ १३ हजार ४४७ मत प्राप्त भएको छ ।

बाग्लुङमा समानुपातिक तर्फ काँग्रेस पहिलो

प्रत्यक्ष तर्फ बागलुङमा एक सिट पनि नजितेको नेपाली काँग्रेस समानुपातितर्फ भने जिल्लामा पहिलो पार्टी भएको छ। समानुपातिकतर्फ नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेश सभा दुवै तर्फ सबै भन्दा बढी मत पाएको हो । नेपाली काँग्रेसले प्रतिनिधि सभा तर्फ ३५ हजार छ सय ६८ मत पाएको छ । नेकपा एमालेले ३० हजार ६ सय ३५, राष्ट्रिय जनमोर्चाले १५ हजार ९ सय ३४ र नेकपा माओवादी केन्द्रले १४ हजार चार सय ५० मत पाएका छन् ।

काँग्रेस पराजित हुनुमा यस्तो छ मुख्य कारण

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ।  यही मंसिर १० र २१ गते सम्पन्न दुवै चरणका निर्वाचनमा काँग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला। काँग्रेस नेताहरू पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको आँकलन गर्न थालेका छन्।

जाजरकोटमा समानुपातिक तर्फ  काँग्रेस पहिलो

गत मंसिर १० गते  भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्पm जाजरकोटमा नेपाली काँग्रेस पहिलो भएको छ। प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको काँग्रेसले  समानुपातिकमा भने प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा बढी  मत पाएको हो।

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसमेत ६ सिटमध्ये एकमा जित निकालेर वाम किल्लामा कांग्रेस बिउ रोपेका छन्, निमा लामाले । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उनी प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी भएका हुन् ।

कांग्रेस किन हार्‍यो ? दोष कसको ?

नेपालमा बहुदल पुनस्र्थापना हुँदा पाँच वर्ष उमेरको बालक अहिले प्रौढतातिर लम्किसकेको छ । यसबीच त्यो पाँच वर्षे बालकले कैयन् पटक एमालेलाई निर्वाचनबाट सरकारमा पुगेको र झरेको देखिसकेको छ । अनि कसरी पत्याउँछ तिनैबाट अधिनायकवाद आउँछ भनेर ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्