७ आश्विन २०८१ सोमबार
image/svg+xml

वाम गठबन्धन बागीको अलमलमा, काँग्रेस चुनावी प्रचारमा

आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ।

कांग्रेसमा दोहोरिए १९ नेत्री

नेपाली कांग्रेसले दोस्रो संविधानसभामा निर्वाचन, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार बनेका दुई दर्जनजति नेतालाई प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोही सूचीमा दोहो¥याएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा  दोस्रो संविधानसभाको बन्दसूचीमा परेका १९ महिला नेत्रीलाई अहिले पनि मौका दिएको हो।

क्षेत्रीय दल छाड्दै एमाले कांग्रेसमा

मधेसका प्रभावशाली नेता हृदयेश त्रिपाठी २०४८ सालदेखि चुनावी मैदानमा छन् । २०४८ सालपछिका तीन चुनावमा मधेस केन्द्रीत नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बनेका त्रिपाठी पछिल्ला दुई चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट उठे । आफ्नै अग्रसरतामा स्थापना भएको  तमलोपासहित मधेसका ६ दल एक भई राष्ट्रिय जनता पार्टी गठनपछि निस्क्रियझैं रहेका त्रिपाठीले त्रिवेणी सुस्ता पश्चिमको नवलपरासी—१ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरे । त्रिपाठीले कुनै बेलाको कट्टर विरोधी दल एमाले रोज्नुको कारण हो, विजयको आशा । किनभने एमालेको सहयोगबिना नवलपरासी—१ मा जित्न मुस्किल छ।

कांग्रेसका प्रभावशाली प्रत्यक्षतर्फ

नेपाली कांग्रेसले दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पार्टीका अधिकांश केन्द्रीय सदस्यलाई उम्मेदवार बनाएको छ।  पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, बालकृष्ण खाँण, मीन विक, मानबहादुर विकसहित  दर्जन नेतालाई समानुपातिकमा समेटेको कांग्रेसले यसअघि समानुपातिकबाटै सांसद् बनेका केन्द्रीय नेतालाई पनि मैदान उतारेको छ।

काँग्रेसलाई लोकतान्त्रिक शब्द प्रयोगको अधिकार छैनः दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसलाई लोकतन्त्र शब्द प्रयोगको अधिकार नभएको बताएका छन्। लोकतन्त्र शब्द कम्युनिष्टहरुले प्रचलनमा ल्याएको स्मरण गर्दै उनले बामपन्थी गठबन्धनलाई अधियनाकवादी भन्नु छटपटीको सूचक भएको बताए।

पूर्व सभामुख ढुंगाना भक्तपुर २ बाट काँग्रेस उम्मेदवार

नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार उठाएको छ। पार्टी जिल्ला समितिको सिफारिसमा नपरेका पूर्व सभामुख ढुंगानालाई कांग्रेस संसदीय समितिले उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रतिनिधि र प्रदेश सभाका कांग्रेस उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर २१ गते हुने दोस्रोचरण निर्वाचनको मनोनयन दर्ता गर्ने दिन कांग्रेसले अन्तिम सूची सार्वजनिक गरेको हो।

कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुकलाई स्थायित्व र विकासको गति प्रदान गर्न नेपाली कांग्रेसले अबको पाँच वर्ष सरकार बाहिर रहनुपर्ने बताएका छन् । पूर्व सभामुखसमेत रहेका नेम्वाङले नेपाली कांग्रेसले लामो समयदेखि सरकारमा सहभागी हुँदै आएकोले अबका केही वर्ष प्रतिपक्षमा रहनुपर्ने बताएका हुन् ।

कांग्रेस, फोरम र राजपा बैठक निष्कर्षविहीन

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच चुनावी गठबन्धनका लागि गरिएको प्रयास बुधबार साँझसम्म निष्कर्षमा पुग्न सकेको छैन । यसबारे अन्तिम निर्णय लिन तीन दलको बैठक बिहीबार बिहान पुनः बस्नेछ ।

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार

उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् ।

काँग्रेस-राप्रपाको गठबन्धन यथावत रहने

झापा-३ मा काँग्रेसको उम्मेदवार उठाउने निर्णय एवं मकवानपुरमा कमल थापालाई समर्थन गर्न नसक्ने जिल्ला नेताहरुको भनाइपछि संकटमा परेको काँग्रेस(राप्रपा तालमेल अन्ततः झापाबाहेकका क्षेत्रमा यथावत रहने भएको छ।

इलाममा वाम गठबन्धन र कांग्रेसका उम्मेदवार छानिए

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् ।

काँग्रेस–राप्रपा गठबन्धन संकटमा

नेपाली काँग्रेस मकवानपुरले पत्रकार सम्मेलन गरेरै राप्रपा अध्यक्ष कमल थापालाई भोट हाल्न नसकिने निर्णय गरेपछि काँग्रेस-राप्रपा तालमेल संकटमा परेको छ। यसअघि झापा-३ मा सहमति तोड्दै काँग्रेसले राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनविरुद्ध कृष्ण सिटौला उम्मेदवार बनाउने निर्णय गरेको थियो।

कांग्रेसको जीर्ण नारा

नेपाली कांग्रेस आउँदो निर्वाचनलाई लोकतान्त्रिक र साम्यवादी शासन व्यवस्थामध्ये एउटा रोज्ने अवसरका रूपमा प्रचारित गर्दैछ ।

प्यूठानमा कांग्रेसका डा. पोखरेल र गठबन्धनकी पौडेलबीच प्रतिस्पर्धा

जनमोर्चाको पुरानो गढ प्यूठानलाई आफ्नो पकडमा राख्ने योजनाअनुसार एमाले र माओवादीले राजमोलाई पनि गठवन्धनमा समाहित गर्ने योजना बनाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्