१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस-राप्रपाको गठबन्धन यथावत रहने


काठमाडौं— झापा-३ मा काँग्रेसको उम्मेदवार उठाउने निर्णय एवं मकवानपुरमा कमल थापालाई समर्थन गर्न नसक्ने जिल्ला नेताहरुको भनाइपछि संकटमा परेको काँग्रेस-राप्रपा तालमेल अन्ततः झापाबाहेकका क्षेत्रमा यथावत रहने भएको छ।

बुधबार दिउँसो काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापासहितका नेताबीच भएको छलफलपछि गठबन्धनलाई निरन्तरता दिने टुंगो लागेको हो।

'नेपाली काँग्रेस लिखित सहमति विपरित काँग्रेसले प्रतिनिधि सदस्य निर्वाचनको लागि झापा क्षेत्र ३ बाट उम्मेदवार उठाउने निर्णय गरेको हुँदा झापामा राप्रपा र काँग्रेसबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछु, राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठले नागरिकन्युजसँग भने, 'झापाबाहेक देशका सबै जिल्लामा काँग्रेससँगको सहकार्य यथावत रहनेछ।'

बैठकमा सहभागी एक नेताका अनुसार काँग्रेस सभापति देउवाले केन्द्रको निर्णयअनुसारै जिल्लाबाट तालमेल हुने आश्वसन कमल थापालाई दिएका थिए।

बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली काँग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित काँग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जजनाएका थिए। उक्त स्थानमा काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ।  छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा र अन्य ठाउँमा तालमेल यथावत राख्ने सहमति भएको हो।

पूर्वसहमति अनुसार काँग्रेसले प्रतिनिधिसभामा सात संख्या तथा प्रदेशसभामा २० देखि २५ सिट दिने सहमति छ।

प्रकाशित: १५ कार्तिक २०७४ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App