७ आश्विन २०८१ सोमबार
image/svg+xml

७० स्थानमा जित्ने कांग्रेस दाबी

नेपाली कांग्रेसले दोस्रो चरणमा हुने १ सय २८ निर्वाचन क्षेत्रमा ७० स्थानमा पार्टीका उम्मेदवार जित्ने दाबी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी निर्वाचनबाट पनि कांग्रेस अग्रस्थानमा आउने दाबी गरेको हो ।

काठमाडौंमा आआफ्नै दाबी, ८ सिट जित्‍ने कांग्रेसको दाबी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिरासत जोगाउन र नयाँ बिरासत कायम गर्न प्रमुख राजनीतिक दल काठमाडौंमा सक्रिय भएका छन् । निर्वाचन प्रचारको एक दिनमात्र बाँकी रहँदा सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नयाँ इतिहास रच्ने दाबी लोकतान्त्रिक र बाम गठबन्धनले गरेका छन् ।

आर्थिक विकासका लागि काँग्रेसले जित्नु पर्छ: उद्योगपति चौधरी

उद्योगपति विनोद चौधरीले अब देशमा आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्। नवलपरासीको सदरमुकाम परासी बजारमा नेपाली काँग्रेसद्वारा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उद्योगपति चौधरीले भने, “२०४८ सालबाट अधुरो रहेको आर्थिक क्रान्तिलाई अब पूरा गर्ने बेला आएको हो।”

कांग्रेसलाई यसपटक सानो–सानो बट्टामा राख्दैछौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बेठीक गर्ने तत्वलाई ठीक पर्ने चेतावनी दिएका छन् । उनले राजाले गल्ती गरेकैले गर्दा टिपेर मिल्काई दिएको बताउँदै अरुले गल्ती गरेमा टिपेर मिल्काउन गाह्रो नभएको बताए ।

राप्रपालाई लक्षित गर्दै योगेश भट्टराईले भने- 'कांग्रेसले मरेको पशुको सिनो बोकेको छ'

नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको आरोप लगाएका छन् । पञ्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिकजस्ता  गन्हाएको सिनो बोकेर आफैँ नाकमुख थुन्दै हिँडिरहेको छ ।

संविधान कार्यान्वयनको लागि कांग्रेसको जित आवश्यक: नेता आचार्य

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधानभसाबाट जारी भएको नयाँ संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले जित्नु पर्ने बताएका छन् । उपचारका क्रममा हाल अमेरिकामा रहेका निवर्तमान सांसद्समेत रहेका नेता आचार्यले शनिबार अपील जारी गर्दै पार्टीको पक्षमा मतदान गर्न आह्वान गरेका हुन।

‘फेरि पनि कांग्रेस नेतृत्वमा सरकार’

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै आउँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेशमा केन्द्रित भएका छन् । देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेश नम्बर ७ मा पर्छ।

‘पञ्च आउँथे घोडामा, कांग्रेस–कम्युनिस्ट लुकिलुकी’

काभ्रेको धुलिखेल खर्पु स्थायी घर भएका राधाकृष्ण श्रेष्ठ हाल कोटेश्वरमा बस्छन् । ८२ वर्षीय उनी एकाबिहानै कोटेश्वर महादेवस्थान मन्दिर वरपर ‘मोर्निङ वाक’का लागि निस्कन्छन्।  ‘मर्निङ वाक’मा उनकै उमेर समूहका अरू वृद्ध पनि भेट हुन्छन् । कसरतका लागि निस्केका उनीहरू मन्दिरलाई दुई–चार फन्को लगाएपछि आफ्ना दौतरीसँग राजनीतिक गफमा मस्त हुन्छन्।

कांग्रेसले गर्छ संविधान संशोधनः देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीले संविधान संशोधन गर्न नदिएको आरोप लगाउँदै कांग्रेसले संविधान संशोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभामा उनले कांग्रेस पार्टी सधैं मधेसी जनताको पार्टी रहेको दाबी गरे ।

घरदैलोमा काँग्रेसकाे पन्चेबाजा, वाम गठबन्धनकाे धिमे

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी अम्बिका बस्नेत पन्चेबाजासहित घरदैलो गरिरहेकी छिन् भने उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका कृष्ण राई धिमेबाजासहित घरदैलो गरिरहेका छन्।

काँग्रेस उम्मेद्वारको घरमा राखिएको बम सेनाद्वारा निस्कृय

नेपाली काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको घरलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम विहीबार नेपाली सेनाले निस्कृय पारेको छ। विहीबार विहानै छायाँनाथ रारा नगरपालिका १ स्थित मल्लको घरको आँगनमा शक्तिशाली प्रेसर कुकर बम राखिएको थाहा पाए पछि सुरक्षा निकायमा खबर गरिएको थियो । बम राखिएको हल्ला पछि गाउँमा पुरै त्रास उत्पन्न भएको थियो।

कांग्रेस जोगाउने र वाम उछिन्ने दाउमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेस र वाम गठबन्धन उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। उक्त क्षेत्रको स्थलगत भ्रमण गर्दा कांग्रेसका भीमसेनदास प्रधान र वाम गठबन्धनका  माओवादी केन्द्रका झक्कु सुवेदीबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिएको हो । उक्त क्षेत्रका अन्य उम्मेदवारभन्दा प्रभावशाली देखिएका दुवै उम्मेदवारले एकअर्कालाई नै प्रतिस्पर्धीका रुपमा हेरेका छन्।

अब प्रतिपक्षमा बस्ने पालो कांग्रेसको: सचिब भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमालेको प्रतिपक्षीमा बस्ने दिन सकिएको बताएका छन्। तेह्रथुमको म्याङलुङ्गमा संयुक्त बाम गठबन्धनले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख तथा सचिब भट्टराईले यस अघि कम्युनिस्टहरु पटक पटक प्रतिपक्षमा बस्दै आए पनि अब प्रतिपक्षीमा बस्ने पालो काग्रेसको आएको बताएका छन्।

बम विस्फोटमा घाइते काँग्रेस उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेस उम्मेदवार नारायण कार्की बम विष्फोटमा परी गम्भीर घाइते भएका छन्। चुनाबी अभियानमा कटारीदेखि नेपालटारतर्फ जाने क्रममा कार्कीसहिका कार्यकर्ता चढेको गाडी उदयपुरगढी गाउँपालिका ६, दनुवारबेँसीमा बुधबार विहान ९ः३० बजे कुकरबम एम्बुसमा परेको हो। घटनामा ४ जना घाइते भएका छन्।

लोकतन्त्र बलियो बनाउँदै कांग्रेस मास्ने होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धनले लोकतन्त्र बलियो बनाउने तर नेपाली कांग्रेसको शासन मास्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्