७ आश्विन २०८१ सोमबार
image/svg+xml

विजय जुलुस जम्काभेट हुँदा काँग्रेस-फोरम कार्यकर्ताबीच झडप, ६ राउन्ड फायरिङ

रौतहटको राजपुरस्थित फरहतुवामा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ। रौतहट-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोहम्मद अफताब आलमको विजय जुलुस राजपुर, फरहतुवा आइपुग्दा फोरम कार्यकर्तासँग भेट भएको थियो।

सिन्धुपाल्चोक अन्तिम नतिजाः ‘क्लीनस्विप’ हुनबाट जोगियो कांग्रेस

सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनका चारमध्ये तीन क्षेत्रमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले एक क्षेत्र जितेपछि लोकतान्त्रिक गठबन्धन ‘क्लीनस्वीप’ हुनबाट जोगिएको छ ।

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए।

तत्काल कांग्रेसको विशेष महाधिवेशन बोलाउनुपर्छ : गगन थापा (अन्तर्वार्ता)

संविधानको नयाँ व्यवस्थाअनुसार मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस निकै खुम्चन पुगेको छ। कांग्रेसका प्रभावशाली नेताहरूको विपक्षमा निर्वाचन परिणाम परिरहेका बेला काठमाडौँ–४ बाट युवा नेता गगनकुमार थापा भने तीन हजार बढी मत अन्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणामसहितका विषयमा केन्द्रित भएर उनीसँग बालकृष्ण अधिकारीले गरेको कुराकानी :

काठमाडौं ६ एमाले र ४ मा काँग्रेस विजयी

काठमाडौँका १० क्षेत्र मध्ये ६ वटामा नेकपा एमाले र बाँकी ४ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।  क्षेत्र नम्बरमा १, ४, ६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको हो भने  २,३, ५, ७, ८ र ९ मा नेकपा एमालेले विजय आफ्नो जित सुनिश्चित गरेको हो।

रुपन्देहीमा काँग्रेस–एमाले दुई–दुईमा विजयी, एकमा एमालेको अग्रता

रुपन्देहीमा विजयी घोषणा भएका मध्ये एमाले दुई र नेपाली काँग्रेस दुई क्षेत्रमा विजयी भएका छन्। पाँच क्षेत्र रहेको जिल्लाको २ र ३ नम्बर क्षेत्रमा एमाले र ४ र ५ नम्बर क्षेत्रमा काँग्रेसका उम्मेदवारले जितेका हुन्। एमालेका नेताद्वय विष्णु पौडेले र घनश्याम भुसालले क्षेत्र २ र ३ बाट प्रतिनिधि सभामा विजयी भएका हुन्। नेपाली काँग्रेसका प्रमोद यादवले क्षेत्र ४ बाट र भरतकुमार शाहले क्षेत्र न ५ बाट जित हाँसिल गरेका छन्।

दाङमा डिल्ली चौधरी कांग्रेसका ‘एक्लो बिजेता’

श्रमराज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीवहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट उनि निर्वाचित भएका हुन्।

डडेल्धुरा प्रदेश सभा 'ख' मा कांग्रेसका मल्ल विजयी

डडेल्धुरा प्रदेश सभा 'ख' तर्फ नेपाली कांग्रेसका कर्ण मल्ल बिजयी भएका छन्। ३५८ मतान्तरले प्रतिद्वन्द्वीलाई पाराजित गरेका हुन्। मल्लले १३४१३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी वाम गठवन्धनका तरा जोशीले १३०५५ मत प्राप्त गरे।

गोरखा २ ख मा कांग्रेसका दवाडी बिजयी

गोरखा २ को प्रदेश ख मा नेपाली कांग्रेसका उमेद्धवार प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् । दवाडीले माओवादी केन्द्रका उमेद्धवार अमर तमुलाई दुई हजार चार सय ४२ मतान्तरले पराजित गरेका हुन्।

काठमाडौँमा काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

दोश्रो चरण अन्तर्गत काठमाडौँमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनकोे पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १, ४,६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने ३, ८ र ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ।  क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १०९३६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रविन्द्र मिश्रले १०११८ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापा २१५५८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १८१४० मत प्राप्त गरे । क्षेत्र नम्बर १० मा  काँग्रेसका राजन केसीले २४१९० मत प्राप्त गर्दा माओवादीका हितमान शाक्यले २१९०७ मत प्राप्त गरे।

शिवकुमार मण्डलले काँग्रेसका अमृत अर्याललाई हराए

मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल विजयी भएका छन्। उनले काँग्रेसका अमृत अर्याललाई हराए।

काठमाडौं- १० बाट काँग्रेस नेता केसी विजयी

काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका छन्।

काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता

नवलपुर-१ का काँग्रेस उम्मेदवार डा.शशांक कोइरालाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। पछिल्लो परिणामअनुसार उनले १० हजार ८०७ मत पाएका छन्।

सुनसरीको दुइटामा एमाले र दुइटामा कांग्रेस अगाडि

प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधसभामा बाम गठबन्धनका उम्मेदवार जयकुमार राईको अग्रता कायमै छ । जयकुमारले छ हजार ५४३ मत ल्याएका छन् ।

हुम्ला प्रदेश ख मा काँग्रेसका शाही विजयी

हुम्लाको प्रदेशसभा ख मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५१९ मत ल्याइ विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्