७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस गढमा बामपन्थीको अग्रता

नेपाली कांग्रेसको गढ मानिने मोरङका ६वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उमेदवारले अग्रता कायम गरेका छन्। शुक्रबार साँझसम्मको मतगणनाको प्रारम्भीक परिणम अनुसार प्रतिनिधि सभाका ६ वटै क्षेत्रमा बामगढबन्धनका उमेदवारले अग्रता कायम गरेका हुन्।

काठमाडौँ ९ मा एमाले, १० मा काँग्रेसको अग्रता

काठमाडौँ क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौँ ९ मा खसेको कूल मत तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन्।

भक्तपुरमा कांग्रेसको अग्रता

प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ।

रसुवामा प्रदेश सभा 'क' मा कांग्रेस विजयी

रसुवा प्रदेशसभा क मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। उनले ६९७६ मत प्राप्त गर्दै नेकपा एमालेका कर्णेल लामालाई पाराजित गरे। कर्णेल लामाले ५१५२ मत प्राप्त गरे।

काठमाडौँ २ र ४ मा एमाले, १ मा काँग्रेसको अग्रता

काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ। काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गरेको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिए।

दाङमा दीपक गिरी बाहेक कांग्रेसका सबै उम्मेदवार पछाडि

एक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाहेक दाङका सबै क्षेत्रमा बामगठवन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्। तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य उम्मेदवार कांग्रेसका दीपक गिरी मात्रै अगाडी छन्। अन्य प्रदेश तथथा प्रतिनीधिसभा सदस्यका सबै उम्मेदवाहरुलाई बामगठवन्धनले पछि पारेको छ । कांग्रेसका गिरी ८ सय ७ मतका साथ अग्रता लिएका छन् भने एमालेका हिरा चन्द्र केसीले ७ सय ६८ मतका साथ पछ्याईरहेका छन्।

नुवाकोटमा कांग्रेसका केसी र महत पछि पछि

नुवाकोटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रामशरण महत र अर्जुननरसिंह केसी दुबै जना पछि परेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई महतले उछिन्न सकेका छैनन् ।

हुम्लामा काँग्रेस उम्मेदवार शाही तीन गुणा मतले अगाडि

हुम्लामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगलबहादुर शाही ७ हजार ५३३मतसहित अगाडि छन्। उनलाई बाम गठबन्धनका माओवादी उम्मेदवार छिमीदोर्जे लामाले २११८ मतले पछ्‌याइरहेका छन्।

पहिलो चरण निर्वाचनका ३७ क्षेत्र मध्ये रसुवामा मात्रै काँग्रेसको अग्रता

पहिलो चरणमा निर्वाचन भएका ३७ स्थानमध्ये रसुवा जिल्लामा मात्र काँग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। रसुवामा लोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार काँग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन्।

जुम्लामा वाम गठबन्धनलाई पछयाउँदै कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तरगतको मतपरिणाम आउने क्रम जारी छ । जुम्लामा वामगठबन्धनलाई नेपाली का‌ंग्रेसले पछयाउँदै लगेको छ । अहिलेसम्म ८ हजार पाँच सय मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

बालकोटमा कांग्रेस-एमालेका कार्यकर्ताबीच झडप, तीन घाइते

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ ।

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।

काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उनकै निवास गोंगबुमा शिष्टाचार भेट गर्‍यो।  युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता केसीसँग भेटेको हो।

कांग्रेस उम्मेदवार थापा एमाले युवाको नियन्त्रणमा

मौन अवधिमा उम्मेदवारले चुनावी भेला गराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापालाई सडकमै नियन्त्रणमा लिएका छन्।

भट्टराईमाथि कांग्रेस कार्यकर्ताबाट दुर्व्यवहार

बम विस्फोटनमा परेर घाइते भएका काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाको स्वास्थ्यस्थिति बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका सोही क्षेत्रका एमाले उम्मेदवार राजन भट्टराईमाथि कांग्रेस कार्यकर्ताबाट अस्पतालमा दुव्र्यवहार भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्