१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक अन्तिम नतिजाः ‘क्लीनस्विप’ हुनबाट जोगियो कांग्रेस

सिन्धुपाल्चोक –सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनका चारमध्ये तीन क्षेत्रमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले एक क्षेत्र जितेपछि लोकतान्त्रिक गठबन्धन ‘क्लीनस्वीप’ हुनबाट जोगिएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमाले उम्मेदवार अरुण नेपाल विजयी भएका छन्। उनले कांग्रेस उम्मेदवार विष्णु खत्रीलाई फराकिलो मतान्तरले हराए । नेपालले २१ हजार ७ सय १२ मत पाए भने खत्रीले १४ हजार ६ सय ३३ भोट ल्याए। प्रदेशसभा (ख)मा एमालेकै सरेश नेपाल भारी मतले विजयी भए। २२ हजार ८ सय ३७ मत ल्याएका उनले कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठलाई हराए । श्रेष्ठले १२ हजार १ सय ८७ मत मात्र प्राप्त गरे। 

प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेशसभा (क)मा माओवादी केन्द्रका युवराज दुलाल फराकिलो मतान्तरले बिजयी भएका छन्। उनले कांग्रेसका विकास तामाङलाई हराए। दुलालले २० हजार ६ सय ८७ मत पाउँदा तामाङले १३ हजार ५ सय २७ भोट मात्र ल्याए। 

उक्त क्षेत्रको प्रदेशसभा (ख) जितेर कांग्रेस क्लीनस्वीप हुनबाट जोगिएको छ । यहाँबाट कांग्रेसका निमा लामा झिनो मतान्तरले विजयी भए । उनले माओवादी केन्द्रका दावा तामाङलाई हराए । लामाले १८ हजार ९ सय ५ मत पाउँदा तामाङले १८ हजार ७ सय ८ भोट ल्याए ।

प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्र एमाले र माओवादी केन्द्रले जितेका छन्। सिन्धुपाल्चोकमा एमाले–माओवादी केन्द्रको बाम र कांग्रेस–राप्रपा प्रजातान्त्रिकको लोकतान्त्रिक गठबन्धन थियो।

प्रकाशित: २४ मंसिर २०७४ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App