५ पुस २०८१ शुक्रबार
image/svg+xml

उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्छौं-अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले  गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।

ढाँका बुनेर आत्मनिर्भर बन्ने सपना

उनी ढाकाको कपडा बुन्न सिकेपछि गाउँमै व्यवसाय सञ्चालन गर्ने सोचमा छिन्। उनले भनिन्,“पछिल्लो समयमा ढाकाको कपडाको अत्याधिक माग बढ्दो छ। माग अनुसारको ढाका गाउँमै उत्पादन गर्न सके मनग्गे आम्दानी गर्न सकिनेमा दुईमत छैन्।

सवा खर्बको कृषि वस्तु आयात

सरकारले कृषि तथा पशुजन्य वस्तु उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरिरहँदा आठ महिनाको अवधिमा सवा खर्ब रुपैयाँभन्दा बढीको कृषि उत्पादन आयात भएको छ। सरकारले कृषि क्षेत्रमा हरेक वर्ष बजेट बढाउँदै लगे पनि अपेक्षित रुपमा उत्पादन र उत्पादकत्व वृद्धि नहुँदा दैनिक भान्छामा प्रयोग हुने खाद्यान्न, तरकारी, तेलदेखि मासुसम्मको आयात बढेको हो।

सीपले बनायो आत्मनिर्भर

सिलाइकटाई सामान्यतया दलित समुदायले मात्रै गनुपर्छ भन्ने मान्यतालाई लत्याउँदै बोहराले सिलाइकटाइको काम गर्न थालेकी हुन्। उक्त कामले उनलाई आत्मनिर्भर समेत बनाएको छ।

मासु र स्याउमा आत्मनिर्भर बन्छाैंः कृषिमन्त्री खनाल

नेपालमा ३० प्रतिशतको हाराहारीमा खसी, बोकाको मासु आयात भइरहेको भन्दै उनले मन्त्रालयको ध्यान अपुग ३० प्रतिशत पनि स्वदेशमै कसरी उत्पादन गर्न सकिन्छ भनेर लागेको जानकारी दिए।

आत्मनिर्भरको बाटोमा उपल्लो डोल्पाका महिला

हिमाली जिल्ला डोल्पाको उपल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाका महिलाहरू आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन्। परम्परागत खेती तथा चुलोचौकोमा सीमित  शे–फोक्सुण्डो ६ का महिलाहरू सिपमुलक तथा आयआर्जनमुलक तालिम लिएर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन।

कतै आधा उत्पादनमा बस्नुपर्ने त होइन !

मुलुक सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर भएको अवस्थामा निजी क्षेत्रका प्रतिनिधिले थप लगानी आवश्यक नभएको बताएका छन्।

‘सरकारले सघाए सिमेन्ट निर्यात गर्छौं’

अधिकांश वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा मुलुक सिमेन्टमा आत्मनिर्भर बनेको छ। नेपाली बजारमा खपत हुने सिमेन्ट उत्पादन गर्न स्वदेशी उद्योग सक्षम भएकाले सरकारले सघाए विदेशसमेत निर्यात गर्ने तयारी रहेको उद्योगीले बताएका छन्।

मकैमा परनिर्भरता चुलिँदो

कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुरा दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ। यसबाट नेपाली पैसामात्रै विदेशिएको मात्रै नभई फस्टाउँदो कुखुरापालन व्यवसायमाथि नै चुनौती थपिएको छ।

सीप सिकेर आत्मनिर्भर बन्दै अपांग महिला

जन्मजात अपांग भएकी धादिङको गल्छी गाउँपालिका–७, पलाङखर्ककी २१ वर्षीय भवानी कार्की धादिङको वैरेनीमा सिलाइकटाइ सिकिरहेकी छन्। उनको जन्मजात दुवै खुट्टा लुलो भइ हिँड्न नमिल्ने भएको छ। ६ जनाको परिवारमा आफूमात्रै शारीरिक अपांगता भएर बस्नुपर्दा अरुको बोझ जस्तै लाग्ने गरेको कार्कीले बताइन्।

दुई अर्बको कागती आयात

सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको हो।

पुनर्निर्माण अभियानमा १९ करोड

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आर्थिक वर्ष २०७४–७५ मा भूमि अधिकार अभियान र पुनर्लाभ तथा पुनर्निर्माण अभियानका कार्यक्रमका लागि १९ करोड ३१ लाख खर्च गरेको छ।

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयोः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताएका छन्।

कुहिएको चामल, चाउचाउ र त्रिपालले बिग्रियो कर्णालीः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आत्मनिर्भरतालाई दाता तथा संस्थाहरुको वितरणमूखि  गतिविधिले सखाप पारेको बताएका छन्।

सिमेन्टमा आत्मनिर्भर ! क्लिंकर आयात उल्टो बढ्दै

सरकारले सिमेन्टमा मुलुक आत्मनिर्भर भएर निर्यात हुने अवस्था आएको दाबी गरे पनि यसको प्रमुख कच्चा पदार्थ क्लिंकर आयात बढ्दै गएकाले आत्मनिर्भरको वास्तविक औचित्य नभएको व्यवसायीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्