५ पुस २०८१ शुक्रबार
image/svg+xml

नेपाललाई धानमा आत्मनिर्भर बनाउन इरीसँग सम्झौता

नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ। आगामी ५ वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र इरीका महानिर्देशक म्याथ्यु मोलले साेमबार हस्ताक्षर गरे।

तीन वर्षमा दूधमा आत्मनिर्भर

प्रदेश ४ लाई आगामी तीन वर्षभित्र दूधमा आत्मनिर्भर प्रदेश बनाउने योजना रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जनाएका छन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।

दृष्टिविहीन नानीबाबुको आत्मनिर्भर जीवन

दृष्टि अपांगताले दृष्टिविहीन बालबालिकाहरूलाई आत्मनिर्भर भई अध्ययन एवं जीवनयापन गर्नका लागि समाजमा रहेका विभिन्न अप्ठ्याराहरू पार गर्नुपर्ने हुन्छ। अभिभावक, शिक्षक अपांगता क्षेत्रमा कार्यरत संघ–संस्था एवं समाजको संयुक्त पहल प्रयास रहेमा दृष्टि अपांगता भएका बालबालिकाहरूले पनि आत्मनिर्भर हुने कला सिक्न सक्छन्।

सिलाइ पेसाबाट आत्मनिर्भर बन्दै महिला

बेलकोटगढी नगरपालिका–५ दुईपिपलकी लक्ष्मी श्रेष्ठको दैनिकी लुगा सिलाएरै बित्छ । गणित विषयमा स्नातक तह उत्र्तीण गरेकी श्रेष्ठले २०७० सालमा पढाईलाई निरन्तरता दिँदैै ६ महिना सिलाइकटाइ तालिम लिएकी थिइन् । त्यही तालिम उनको परिवारका लागि दैनिक खर्च धान्ने आम्दानीको बाटो बनेको छ।

आत्मनिर्भर बन्दै महिला

नवलपरासीकी कल्पुकुमारी चौधरीले पटेरको काम थालेको ९ वर्ष पुगेको छ। सुरुमा घरबाटै पटेरका सामग्री बनाउन थालेकी उनले अहिले भने उद्योग नै चलाएकी छन्। उनले कुर्सी, गिलास, मुडालगायत सामग्रीलाई पटेरबाट कभर गर्छिन्।

प्रदेशलाई आत्मनिर्भर बनाउने उपायबारे ध्यानाकर्षण

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय तह  जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलको नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रदेशलाई आत्मनिर्भर बनाउन कृषी, उद्योग, पर्यटन र भौतिक पुर्वाधार’

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय तह जनप्रतिनिधिहरुले भुमिका गर्नु पर्ने बताएका छन्। वीरगन्ज १३ तेजारथटोलस्थित मुख्यमन्त्री राउतको निवासमा बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल नेतृत्वमा पुगेको जितपुर–सिमरा उपमहानगरको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

डोल्पालाई फलफूलबाटै आत्मनिर्भर बनाइने

फलफूल खेतीलाई यो वर्ष डोल्पामा अभियानकै रुपमा अगाडि बढाइएको छ। फलफूल खेतीको माध्यमबाट डोल्पा र डोल्पालीलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यहाँका स्थानीय निकायले स्याउ, किमी, अंगुर र दाँते ओखरका बिरुवाहरुको खरिद गरेर किसानलाई वितरण गरेको छ।

अंगुर र ड्रागनमा आत्मनिर्भर बनाउने अभियान

त्रिपुरासुन्दरी नगरपालिका ६ का रामबहादुर बुढा उमेरले ५० वसन्त पार गरिसकेका छन् । २०५१ मा नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्दमा सहभागी हुँदै ०६४ को संविधान सभा निर्वाचनमा डोल्पाबाट उनी अत्यधिक मत ल्याएर सभासदमा निर्वाचित भए । असल शिक्षक र राजनीतिक दलको नेता हुँदै अहिले उनी एउटा असल कृषकको परिचयसमेत बनाएका छन्।

आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा

बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन्।  परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन्।

नेपाल अण्डामा आत्मनिर्भर

सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ। सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो।

अण्डामा आत्मनिर्भर, पोल्ट्री कारोबार ४० अर्ब

मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।

दूध र मासुमा नुवाकोट आत्मनिर्भर

नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन्।

तरकारीबाट आत्मनिर्भर बन्दै मुसहर

गोलबजार नगरपालिका–३ भाँगबारीकी भुली सदायको जिवनशैली बदलिएको छ । साहुको खेतमा श्रम गरेबापत पाइने ज्यालाबाट गर्जो टार्ने जिवनशैली बदल्न उनी आफैंले व्यावसायिक तरकारी खेती सुरु गरेकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्