५ पुस २०८१ शुक्रबार
image/svg+xml

विकास निर्माणका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसरः गृहमन्त्री खाँण

शनिबार रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर भएकोमा जोड दिए।

एमसिसीले अन्तर्राष्ट्रिय सम्बन्ध थप प्रगाढ:गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस नेतृत्वको सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन सफल भएको बताएका छन्।

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह

गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको बताए। उनले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पारे।

प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहमन्त्रीले दिए धन्यवाद

उनले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन्। 'एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएका उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिएका हुन्।

बुटिकको क्षति सरकारले हेर्छः गृहमन्त्री खाँण

आइतबार एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता संसद्मा टेबुल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरी उक्त बुटिकमा पसेको भन्दै तोड्फोड गरेका थिए।

गृह र अर्थमन्त्रीबीच छलफल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच बुधबार छलफल भएको छ। निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र बजेट व्यवस्थापनबारे उनीहरूबीच छलफल भएको हो।

गृह मन्त्रालय सुधार योजना कार्यान्वयनभन्दा प्रचारबाजी बढी

गृहमन्त्री बालकृष्ण खाँणले सोमबार २ सय ६ बुँदामा समेटिएको कार्ययोजना सार्वजनिक गरे पनि गृह प्रशासन सुधार गर्ने कार्यक्रम नाम मात्रको भएको गृहकै कर्मचारीले बताएका छन्। मन्त्रालयका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनुभन्दा अन्य क्षेत्रका कर्मचारीलाई ल्याएर जिल्ला प्रशासन कार्यालयको प्रमुख बनाउनुलाई हालका गृहमन्त्रीले पनि निरन्तरता दिएका छन्।

हेलम्बुकाे चनौटेमा पुल निर्माणः गृहमन्त्री खाँणद्वार उद्घाटन

गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो।

गृहमन्त्रीद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

गृहमन्त्रीका छ महिनाः नीतिगत सुधारदेखि प्रहरीको मनोबल उच्च पार्नेसम्मका कार्य

सार्वजनिक गरेकाे ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागुऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ।

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारमा लग्न जरुरीः गृहमन्त्री खाँण

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने पनि बताए।

एमसिसी सहमतिबाटै पास हुन्छः गृहमन्त्री

‘यो ऋण होइन अनुदान हो। अनुदानलाई नेपालीले सदुपयोग गर्नुपर्छ,’ खाँणले थप प्रष्टयाए। सरकारले नै प्रस्ताव गरेको परियोजना भएकै कारण नेपालीले सदुपयोग गर्नुपर्ने उनले दोहोर्‍याए।

देश चलाउन, बनाउन र जोगाउन काँग्रेसले मात्रै सक्छः गृहमन्त्री खाँण

लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध गएर काँगेसले कसैसँग घुँडा नटेकेको र अरुलाई पनि घुँडा नटेकाउने उनको भनाइ छ।

लोकतन्त्रको रक्षा काँग्रेसले मात्रै गर्न सक्छः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले देशभित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटकपटक प्रहार गरिरहँदा पनि पार्टीलाई एकताबद्द कायम राख्नु नै काँग्रेस नेतृत्वको ठूलो उपलब्धि भएको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्