२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमाले महाधिवेशनः प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन्।

'नेतृत्व चुनौती थेग्न सक्ने हुनुपर्छ'

देशमा देखिएको राजनीतिक समस्याको ठिक ढंगले समाधान गर्न सक्ने नेतृत्व महाधिवेशनबाट चयन हुने उनले बताए। राष्ट्रको सामाजिक परिवर्तन, अग्रगामी विकास, सुशासनको आन्दोलनलाई ठिक ढंगले अगाडि बढाउने नेतृत्व महाधिवेशनले चुन्नुपर्ने उनको भनाइ थियो। उनले एमालेमा एकता कायम गरी चुनौतीको सामना गर्न सक्ने, राजनीतिमा देखिएका विकृति हटाउन सक्ने र पथभ्रष्टलाई सुबाटोमा ल्याउने नेतृत्व आवश्यक भएकोमा जोड दिए।

बन्दसत्रबाट ओलीलाई सर्वाधिकार

एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ। महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले यस्तो प्रस्ताव गरेलगत्तै रावलले अध्यक्ष मण्डल बसेकै स्थलबाट आपत्ति जनाएका हुन्।

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’

ओलीले भनेः मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन्

‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन्। त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि?’

ओलीको प्रश्नः प्रचण्डजी पावर देखाउनुस्, किन देखाउनु हुन्न?

‘पहिला त प्रधानमन्त्रीले काम गर्न दिनु भएन भन्नुभएको थियो, अहिले त तपाईँहरु सरकारमा हुनुहुन्छ, पावर देखाउनुस्, किन देखाउनुहुन्न पावर? किन समाधान गर्नु हुन्न द्वन्द्वपीडितका समस्याहरु?’, अध्यक्ष ओलीले भने।

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका सबै समस्या समाधान गर्नका लागि विश्वमाझ सहकार्य आवश्यक रहेको बताएका छन्।

जेलमा बस्दादेखि नै म र ओली जी साथी हौंः प्रधानमन्त्री देउवा

नेकपा एमालेको १० औ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भने, 'ओली जी र म जेलमा पनि संगै बसेका हौं, हामी जेल मेट हौं।'

समाजवाद भनेर मात्रै हुँदैन, जनतालाई बुझाउनुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजवाद भनेर मात्र नहुने र यसको बारेमा जनतालाई मिहिन ढंगले बुझाउनुपर्ने बताएका छन्।

एमाले महाधिवेशनः चितवन पुगे अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन्।

ओली समूहमै ध्रुवीकरणः दसौं महाधिवेशनमा कस्तो बन्ला नेताहरूको समीकरण

दसौं महाधिवेशनबाट ओलीलाई सर्वसम्मत पार्टी अध्यक्ष बनाउन सबै तयार भए पनि अन्य पदाधिकारीलाई लिएर ध्रुवीकरण हुने देखिएको छ । पदाधिकारीमा ओली पक्षका नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाललगायतको एउटा र विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगायतको अर्को समूह बन्ने सम्भावना छ।

प्रतिनिधि छान्दै एमालेः समझदारी अपनाउन ओलीको आग्रह

ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छ्न्।

महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छः ओली

देशभरि एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण,विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए।

एमालेले देशलाई नवनिर्माणको चरणमा प्रवेश गराएको अध्यक्ष ओलीको दाबी

उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन छठजस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको समेत उल्लेख गरे।

पंचमुखी सरकारको विश्वास छैनः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्