४ वैशाख २०८१ मंगलबार
राजनीति

जेलमा बस्दादेखि नै म र ओली जी साथी हौंः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रका लागि विगतमा संघर्ष गर्दा जेलमा बसेका क्षणहरु स्मरण गरेका छन्। प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जेलजीवन बिताएको क्षण स्मरण गरेका हुन्।

नेकपा एमालेको १० औ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भने, 'ओली जी र म जेलमा पनि संगै बसेका हौं, हामी जेल मेट हौं।'

हिजोका दिनमा भोगेका दुःखहरुलाई बुझेर जनातालाई दुःख नदिन देउवाले ओलीलाई आग्रह गरे।  

यस्तै, प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संसदीय शासनको पद्धतिमा रहेर यो महाधिवेशन आयोजना गरेकामा एमालेलाई धन्यवाद पनि दिएका छन्।  

'हामी बीच निरन्तर सम्वाद गर्न आवश्यक छ, उनले भने, 'हामी दलहरुबीच सद्भाव र छलफलबाट हरेक समाधान निकाल्न तयार छौं।'

सोही क्रममा एमालेको महाधिवेशनलाई पूर्ण सफलताको कामना गर्दै छलफल र सद्भावबाट निकास दिन आग्रह गरे।

प्रकाशित: १० मंसिर २०७८ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App