१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले देशलाई नवनिर्माणको चरणमा प्रवेश गराएको अध्यक्ष ओलीको दाबी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशलाई नवनिर्माणको चरणमा प्रवेश गराएको दावी गरेका छन्।  

छठ पर्वका अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले एमालेले सिंगो देशलाई नयाँ संविधान अनुरुपाका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नव निर्माणको चरणमा प्रवेश गराएको दावी गरेका हुन्।

उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन छठजस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको समेत उल्लेख गरे।  

‘एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ। सोही सङ्कल्पअनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गर्यो’, उनले सन्देशमा भनेका छन्, ‘हामीले सिङ्गो देशलाई नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौँ। समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत म सबैमा आह्वान गर्दछु।’

प्रकाशित: २४ कार्तिक २०७८ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App