८ वैशाख २०८१ शनिबार
राजनीति

समाजवाद भनेर मात्रै हुँदैन, जनतालाई बुझाउनुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजवाद भनेर मात्र नहुने र यसको बारेमा जनतालाई मिहिन ढंगले बुझाउनुपर्ने बताएका छन्। बिहीबार चितवनको सौराहामा नेपाल बुद्धिजिवी परिषदले आयोजना गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको आधार निर्माणबारे प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

करिब एक घण्टा कार्यक्रममा बोलेका अध्यक्ष ओलीले बुद्धिजिवीले जनतालाई बुझ्ने गरी भन्दा पनि कतिपय बेला बिषयलाई भेग बनाउने गरेको बताए। ‘समाजवादलाई जनजिविकासँग जोडेर बुझाउन सक्नुपर्छ’, उनले भने, ‘एमालेको समाजवाद भनेर मात्र पुग्दैन।’ केही बुद्धिजिवीहरु बुद्धि बेच्ने खालको पनि रहेको संज्ञा दिँदै ओलीले बुद्धि बेच्ने बुद्धिजिवी नहुन तर्क गरे।

दिगो बिकासको सिद्धान्त मध्ये मानव जाती र जगत मुख्य कुरा भएको बताउँदै उनले बुद्धिजिवीले कहिलेकाँहीआफूले देखे जानेकोलाई सत्य स्थापित गर्ने गरेको बताए। पहिलेको शास्त्रलाई मात्र आधार मानेर नभई अहिलेको ज्ञानलाई पनि प्रयोग गर्न उनले सुझाव दिए। ‘आफूले दिएको निश्कर्ष सत्य भनेर बुझ्नु हुँदैन’, उनले भने।

संबोधनका क्रममा उनले आफू सरकारमा हुँदा धेरै नयाँ टेक्नोलोजीको सुरुवात गरेको दावी समेत गरे। उनले भने, 'बिकासले फड्को मारेको, नेपालले समुन्द्रमा जाहज चलाउन सकेको, अन्तरिक्षमा स्याटेलाईट पठाउन सफल भएको छ।'

बुद्ध ऐयरको जाहजबाट भरतपुर विमानस्थल ओर्लिएपछि ओली बुद्धिजिवी परिषदको कार्यक्रममा सहभागी हुन सौराहा पुगेका हुन्। ओलीसहितका शिर्ष नेताहरुलाई एमाले चितवनका अध्यक्ष पार्वती रावल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायतले स्वागत गरेका थिए। एमाले नेताहरु फरक फरक समयमा आएकाले भरतपुर विमानस्थल बिहीबार दिनभर जसो भिडभाड नै थियो।

प्रकाशित: ९ मंसिर २०७८ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App