२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ: ओली

अध्यक्ष ओलीले भने,'कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ।'

एमाले एक्लैले बहुमत ल्याउँछ: अध्यक्ष ओली

पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उनले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए। आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिए।

को नक्कली,को सक्कली?

एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्।

एमाले अधिवेसनः दस बुँदे पक्षधर कमजोर, ओली समूह बलियाे

दस बुँदे सहमतिका पक्षधर १० नेतामध्ये सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यसँगै केन्द्रीय सदस्य एवम् सुनसरीका इन्चार्ज धर्म निरौलाको गृह जिल्ला सुनसरी हो। पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिई १० बुँदे सहमति पक्षधर नयाँ निर्वाचित कार्यसमितिमा कोही पनि परेका छैनन्।

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन्।

प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट बस्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताएका छन्।

१० बुँदेको औचित्य समाप्तः ओली

‘अब १० बुँदे, १० बुँदे, ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव पार्टीमा रहन्छन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे । अब १० बुँदेको गीत गाइरहनु आवश्यक छैन।’

जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छः ओली

ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन्। ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ। बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ।’

एमालेको कार्यभार:निर्वाचनपछि फेरि बहुमतको सरकार

राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धिका लागि एमाले बहुमत प्राप्त पहिलो शक्ति हुनुपर्ने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने पनि उल्लेख छ।

सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डकाे सोच: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहालले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन्।

अहिलेको सरकारले जे गरेपनि सञ्चारमाध्यमको ध्यानै छैन: ओली

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गरे। ओलीले भने, ‘सरकारलाई खवरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ। जस्तो अहिलेको सरकार। अहिलेको सरकारलाई खवरदारी पुगेनकि जस्तो लाग्छ। संविधान, कानुनको मतलव छैन।’

अध्यादेश खारेज गरिएकाेमा ओलीको आपत्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाएका छन्।

ओली र दाहाललाई चुनावी चटारो

सार्वजनिक मञ्चहरूमा एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावलाई लक्षित गर्दै त्यसको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रचण्ड र नेपालको पार्टीले राष्ट्रिय एकतामा फाटो ल्यायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाएका छन्।

माधव नेपाल र सभामुखविरुद्धको मुद्दा टुंगिएन

प्रतिनिधिसभा र प्रदेश सदस्य गरी १४ जनाको सांसद पद बदरको मागसहित बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। एमाले पार्टीको बैठकबाट कारबाही गरिएका प्रतिनिधिसभाका सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्