११ मंसिर २०७८ शनिबार
राजनीति

प्रचण्ड र नेपालको पार्टीले राष्ट्रिय एकतामा फाटो ल्यायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले माके र माने पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्ने गरेको बताए।

अध्यक्ष ओलीले आगामी मंसीर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दावी समेत गरे। उनले सत्ताको दूरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरुको कार्यालय कब्जा गर्ने प्रयास भईरहेको भन्दै आपत्ति समेत जनाए।

अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि स्पष्ट पारे। आफूले मदन भण्डारीलाई मरनोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भएपनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनको आपत्ति छ। अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पदाधिकारी पार्टीको रुपमा चित्रण गरे।  

फुटेपछि माधव नेपाल नेतृत्वको पार्टी एकीकृत भएको अध्यक्ष ओलीको व्यंग्य थियो। उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदुतहरुलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे।

प्रकाशित: ७ आश्विन २०७८ १९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App