२३ आश्विन २०८१ बुधबार
image/svg+xml

साेमपालकाे ब्याटिङसँगै बलिङमा समेत उत्कृष्ट प्रदर्शन, नेदरल्याण्ड्सकाे पहिलाे विकेट गयाे

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले बलीङमा समेत नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन्।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

जिम्बाब्बेमा भएको प्रदर्शनमा ३ जनाको मृत्यु

जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ ।निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दल एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो।

फितलाे ब्याटिङ प्रदर्शनमा नेपाल नेदरल्याण्डसँग पराजित

नेदरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ५५ रनले पराजित भएको छ। १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ ओभरमा १ सय ३४ रनमा समेटिन पुग्दा ५५ रनको हार व्यहोर्न वाध्य भयो।

पीजे क्लबको फोटो प्रदर्शनी सुरु

फोटो पत्रकार क्लब (पीजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ। काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे। प्रदर्शनी २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ।

धादिङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस धादिङले सरकार विरुद्ध प्रदर्शन गरेको छ। काँग्रेसले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको बताएको छ।

पर्सामा पनि कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।  पार्टीका जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीको नेतृत्वमा भएको विरोध कार्यक्रममा कांग्र्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेता जनार्दन सिंह क्षेत्री लगायतले केपी ओली नेतृत्वको सरकारलाई निरंकुश र जनविरोधीको आरोप लगाए।

कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने भएको छ।

दिनहुँ प्रदर्शन, शव बुझ्न अझै अस्वीकार

बलात्कारपछि क्रुर ढंगले हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शव आफन्तले अझै बुझेका छैनन्।

पेन्सन पाउने उमेरमा वृद्धि गर्ने निर्णयविरुद्ध प्रदर्शन

पेन्सन पाउने उमेरमा वृद्धि गर्ने सरकारी प्रस्तावविरुद्ध आक्रोश पोख्न रुसका कैयौं सहरमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

९ वर्षिय बालकलाई अपहरण गरी हत्या गरेको विरोधमा स्थानीयले जितपुर बजार बन्द गरेका छन्। जितपुरसिमरा नगर उधोग बाणिज्य संघ, विभिन्न राजनीतिक दल, संस्थागत तथा सामुदायिक विद्यालय, गैर सरकारी संस्था लगाएतकाले संयुक्त रुपमा दोषीलाई कारवाही गर्न माग गर्दे विरोध प्रदर्शन गरेका हुन्।

सरकारका विरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह गरेका थिए। चिकत्सा शिक्षा विधेयलाई माथेमा कार्यदलको मर्म अनुसार पास गर्न समेत उनीहले भनेका छन्।

डा. केसीकाे पक्षमा महाेत्तरीमा प्रदर्शन

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आइतबार महोत्तरीको जलेश्वरमा प्रदर्शन गरेको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन बसेका प्रा.डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गरी  जीवन रक्षा गर्न माग गर्दै तरुण दलले महोत्तरीमा प्रदर्शन गरेको हो।

डा. केसीको समर्थनमा लहानमा प्रदर्शन

डा. गोबिन्द केसीको समर्थनमा सिरहाको लहानमा नेपाल बिद्यार्थी संघले प्रदर्शन गरेको छ । ठुलाे संख्यामा उपस्थित प्रदर्शनकारीकाे समुहले लहान नगर परिक्रमा गर्दै डा. केसीको पक्षमा नारा लगाएका थिए।

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव र्‍याली निकालिएको छ। नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि र्‍यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्