२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फितलाे ब्याटिङ प्रदर्शनमा नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडाैं - नेदरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ५५ रनले पराजित भएको छ। १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ ओभरमा १ सय ३४ रनमा समेटिन पुग्दा ५५ रनको हार व्यहोर्न वाध्य भयो। 

एकदिवसीय मान्यता पछि पहिलो पटक ऐतिहासिक खेल खेलेको नेपाल ब्याटिङमा कमजोर प्रदर्शनका कारण हार व्यहोर्न बाध्य भयो । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले ४७ दशमलव ४ ओभरमा नेदरल्याण्डलाई १ सय ८९ रनको मध्यम योगफलमा सिमित गर्न सफल भएको थियो। 

बुधबारको खेलमा समेत नेपाललाई ब्याटिङमा रहेको समस्याले सतायो । १ सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अनील शाह र उपकप्तान ज्ञानेन्द्र मल्लको शुरुवाती जोडीले उत्कृष्ट साझेदारी गर्दै स्कोर अघी बढाएपनि कप्तान पारस खड्का दोश्रो विकेटका रुपमा आउट हुँदै पेभेलिएन फर्केपछि नेपालको लगातार विकेट गएको थियो । १८ दशमलव २ ओभरमा  सिलारको बलमा कप्तान पारस खड्का १२ रनमा क्याच आउट भएको केहि बेरपछिनै अर्धसतकीय पारी खेलेका उपकप्तान ज्ञानेन्द्र मल्ल ५१ रनमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। 

मल्ल आउट भएकै ओभरमा नेपालले चौथो विकेट गुमाउन पुग्यो । आरिफ शेख ० रनमा आउट हुँदा नेपालका अन्य तिन ब्याट्सम्यान समेत ० को स्कोरमा आउट भए । सोमपाल कामी, बसन्त रेग्मी र करन केसी समेत ० रनमा आउट भए । लगातार विकेट गएपनि उत्कृष्ट ब्याटिङ गरिरहेका दिपेन्द्र सिंह ऐरीले नेपालको जितको आशालाई कायम राखेपनि ३४ औं ओभरको अन्तिम बलमा क्लासेनले उनलाई विकेट पछाडी क्याचआउट गराएपछि  नेपालको एकदिवसीय मान्यता पछिको पहिलो एकदिवसीय खेल जित्ने सम्भावना लगभग समाप्त भएको थियो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड पारस खड्का र सोमपाल कामीको उत्कृष्ट बलिङमा ४७ दशमलव ४ ओभरमा १ सय ८९ रनमा समेटिएको थियो । नेपालकालागी खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । उत्कृष्ट बलिङ प्रदर्शन गरेका खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिए । यस्तै कामीले ८ दशमलव ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ३ विकेट लिए भने नेपालकालागि सन्दीप लामिछाने, बसन्त रेग्मी तथा करन केसीले एकएक विकेट हातपारे।

नेदरल्याण्डकालागि माइकल रिप्पनले सर्वाधिक ५१ रन बनाउँदा बस डी लिडीले ३० रन बनाए। 

नेपालले नेदरल्याण्ड विरुद्धको दोश्रो एकदिवसीय खेल शुक्रबार खेल्नेछ ।

 

प्रकाशित: १६ श्रावण २०७५ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App