३ कार्तिक २०८१ शनिबार
image/svg+xml

गन्जला पास सहज बनाउन अध्ययन

जिल्लाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने गन्जला पासमा आवतजावत सहज बनाउन अध्ययन सुरु गरिने भएको छ। चालू आर्थिक वर्षभित्रै अध्ययनको काम पूरा गरिनेछ। नेपाली सेनामार्फत सो काम अघि बढाउन समन्वय भइरहेको प्रदेश ३ अन्तर्गतको पर्यटन विकास आयोजनाका प्रमुख राजु क्षेत्रीले बताए।

आगलागीपीडित विद्यार्थीलाई सांग्रिलाको छात्रवृत्ति

सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका आगलागीपीडित परिवारका दुई बालबलिकालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। बैंकका सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्

मसानघाटले परिचित ठाउँ धार्मिक पर्यटकीय स्थलमा रुपान्तरण

दशकअघिसम्म इटहरीको बुढी खोला नदी मसानघाटले परिचित थियो। त्यहाँ जान प्रायः सबै डराउँथे। मसानघाट पश्चिम नजिकै वडा नं. ४ मा धार्मिक कार्य गर्नका निम्ति श्री कृष्ण प्रणामी मन्दिर थियो। बुढी खोला नदी छेउमा जताततै फोहर त थियो। खोलामा अनाधिकृत रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर वस्ती कटानको उच्च खतरा थियो। तर, त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिबेला बद्लिएको छ। दुवैको परिचय पनि फेरिएको  छ। अहिले यस ठाउँलाई बृहत्तर मुक्तिधाम विकास समितिमार्फत धार्मिक पर्यटकीय स्थलको रुपान्तरण थालेर रुप बद्लिएको हो।

खुम्बुलाई पर्यटकीय गाउँपालिका घोषणा गर्छु : मुख्यमन्त्री राई

विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङ ल्हामू गाउँपालिकामा सडक पुगेको छ। माप्य दूधकोशी गाउँपालिका हुदै खुम्बुपासाङल्हमू गाउँपालिकाको खरिखोलामा पु-याइएको सडकको मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

पाँचतिरबाट सडक जोड्ने योजना

सरकारद्वारा सूचीकृत सय गन्तव्यमध्ये एक खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीनतिरबाट सडकले छोएको छ। तराईबाट उदयपुरको गाईघाट हुँदै साउने–धाप्लाङ–धर्तुङ हुँदै साउनेचौर–सिन्ताङ सडक, गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेंसी सडक र भोजपुरतर्फबाट चिसापानी–निगाले–कार्कीछाप सडक विस्तार गरिएसँगै बराहपोखरी तीनतिरबाट सडक सञ्जालसँग जोडिएको हो।

पर्यटकीय क्षेत्रमा बाटो निर्माणलाई प्राथमिकता दिएका छौं

वडाका समस्यालाई विस्तारै समाधान गर्दै लैजाने योजना छ। बाटोको सन्दर्भमा पर्यटकीय क्षेत्रका बाटालाई पहिलो प्राथमिकता दिएका छौं। यसमा भक्तपुर, देकोचादेखि चाँगुको बाटोलाई फराकिलो गर्ने योजना छ।

हिउँको बर्कोमा शैलुङ

रामेछाप र दोलखाको संगममा पर्छ पर्यटकीय क्षेत्र शैलुङ। तामाङ भाषामा लुङ्को अर्थ हुन्छ– थुम्को। त्यहाँ एक सय ८ थुम्का छन्। तर पनि जनबोलीमा त्यस ठाउँलाई शैलुङ भनिन्छ। प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ शैलुङ (३,१४८ मिटर)। त्यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। डाँडामा भर्खरै चारतले भ्यू टावर बनाइएको छ। टावरबाट हेर्दा झन् राम्रो देखिन्छ।

ह्योल्मो एकीकृत बस्तीमा परम्पराको झल्को

चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्वार हो– तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पातला बस्ती छिचोलेपछि पुगिन्छ तेम्बाथाङ। लालीगुराँसलगायत घना बुट्यानबीच झन्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरू ठडिँदै छन्। न ठूला न साना, मझौला संरचना। हरियो रङका कर्कटपाताले छाइएका घरहरू चिटिक्क देखिन्छन्।

रोकिएन सुनकोसी दोहन

व्यवसायीले सुनकोसी नदीबाट जथाभाबी बालुवा र ढुंगा उत्खननलाई तीव्रता दिएका छन्। जथाभाबी सुनकोसी नदी दोहनका कारण एसियाकै पर्यटकीय राजमार्गका रूपमा चिनिएको बिपी राजमार्ग जोखिममा परेको छ। यही राजमार्गको किनार भएर सुनकोसी बग्छ। सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीले मनपरी ढंगले डोजर चलाएर बालुवा र ढुंगा निकालिररहेका छन्।

गण्डकी सभ्यता बचाऔं अभियान सुरु

पर्यटन पर्वद्धन गर्न गण्डकी सभ्यता बचाऔं अभियान सुरु गरिने भएको छ। गण्डकी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल, नदी नालामा भैरहेको अतिक्रमण, प्रदूषणले पर्यटकीय स्थलको भविस्य संकटमा परेको भन्दै धौलागिरी समाज नेपालले उक्त अभियान सुरु गर्न लागेको हो।

पर्यटकीय स्थल नारिमन तालमा ‘फ्रि वाइफाई’

सरकारी सूचीअनुसार मुलुकका घुम्नैपर्ने सय पर्यटकीय स्थलमध्ये एक सर्लाहीको ऐतिहासिक नारिमन तालमा स्थानीय चन्द्रनगर गाउँपालिकाले ‘फ्रि वाइफाई’ सुविधा उपलब्ध गराएको छ।

कालिन्चोकमा जंगल फँडानी तीव्र

अतिक्रमणको चपेटामा परेको पर्यटकीय क्षेत्र कालिञ्चोकमा तीव्र रूपमा वन फँडानी भइरहेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्। कालिञ्चोकमा सार्वजनिक जमिन अतिक्रमण गरेर बिनाअनुमति संरचना तयार गर्न वरपरको जंगलका रूख काटिएका छन्।

माझखण्डको जग्गा अनाधिकृत रुपमा बिक्री

दक्षिण ललितपुरमा पर्ने पर्यटकीय क्षेत्र माझखण्डको जग्गा अनधिकृत रुपमा बिक्रि वितरण हुन थालेको पाइएको छ। केही व्यवसायीले केबलकार होमस्टे बन्ने आशा देखाएर यस क्षेत्रको जग्गा किनबेच थालेको स्थानीयको भनाई छ।

पर्यटक तान्न धुलिखेलमा ‘सुपरम्यान जिप लाइन’

उपत्यकासँगैको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिप लाइन’ सुरु हुने भएको छ। धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक खेल(एडभेन्चर स्पोर्ट्स्)को मनोरन्जन दिने उद्देश्यले धुलिखेल–८, थाक्लेमा वल्र्डवाइड एड्भेन्चर प्रालिले ‘धुलिखेल जिप लाइन’ निर्माण गरेको हो।

पटिहानीमा थपिँदै ठूला होटल

नेपाल भ्रमण वर्ष २०२० का लागि छनोट गरिएको सयौं नयाँ पर्यटकीय गन्तव्यमा परेको पटिहानीमा ६ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन्। जसमध्ये पाँचवटा थ्री स्टार लेभलका छन्। अरु साना पर्यटकिय होटल पनि उत्तिकै संख्यामा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्