४ कार्तिक २०८१ आइतबार
image/svg+xml

जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण शुरु

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोतस्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण शुरु भएको छ।

मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने जानकारी दिएका छन्। उनले दिगो पर्यटन विकास गरी स्थानीयको जीविकोपार्जनमा टेवा पु्र्याउने लक्ष्य रहेको बताए।

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नाैं : अाइजिपी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन्। पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए।

पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माण गरिने

सरकारले सार्वजनिक गरेको एक सयौं नयाँ पर्यटकीय गन्तव्यमा चितवनको पटिहानी पनि परेको छ। नेपाल भ्रमण वर्ष २०२० का लागि लक्षित गरेर सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पहिटानीसँगै माडीको सोमेश्वर डाँडालाई पनि समावेश गरिएको छ। भरतपुर महानगरपालिका–२२ को पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ।

रौता पोखरीलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाइने

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेशसकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल बनाउन यहाँका सरोकारवालाहरू लागि परेका छन्। रौतामाई गाउँपालिका ५ मा पर्ने धार्मिकस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र छिमेकी स्थानीयतहरू लागी परेका हुन्।

बन्दीपुरमा बन्ने भयो कृत्रिम ताल

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ। पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो।

राज्यको नजरमा नपरेका पर्यटकीय गन्तव्य

तत्कालिन कर्णालीको सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ मन्दिर धार्मिक पर्यटन केन्द्र हो।

एक सय नयाँ गन्तव्य छनोट

सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो।

पर्यटनका सय नयाँ गन्तब्य घोषणा, सबै जिल्ला समेटिए

सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको हो।

कीर्तिपुरलाई सुक्खा बन्दरगाह होइन, पर्यटकीय नगर बनाउन माग

काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह निर्माणमा स्थानीयले अवरोध गरेका छन् । कीर्तिपुर पर्यटकीय नगर भएकाले त्यसको विकास गर्नुको सट्टा विभिन्न संरचना बनाउने कार्य स्वीकार्य नहुने स्थानीयको माग छ।

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउ

पर्यटकीय सिजन र चाडबाडको लामो बिदाले यतिबेला पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल निकै नै बढेको छ । पोखराका सानादेखि ठूला सबैजसो होटलमा यतिबेला आन्तरिक पर्यटक बढी छन् । विदेशीभन्दा पनि आन्तरिक पाहुनाले पोखरामा भीड बढाएको छ।

सयौं रोपनी सार्वजनिक जग्गा स्थानीयको कब्जामा

पर्यटकीय क्षेत्र कालिञ्चोकमा सयौं रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणको चपेटामा परेको छ।

थाइल्यान्डको चर्चित ब्रान्ड होटल धुलिखेलमा

पर्यटकीय गन्तव्य धुलिखेलमा पर्यावरणलाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । यो रिसोर्ट थाई होटल ब्रान्ड दुसित थानीको व्यवस्थापनमा सञ्चालन हुनेछ।

मझुवागढी जान पदमार्ग

पर्यटन प्रवर्धनका लागि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने प्रवेशद्वार र पदमार्ग उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी तथा कालिका भगवती मन्दिर जाने पदमार्ग र प्रवेशद्वार उद्घाटन गरिएको हो।

१० स्थानलाई पर्यटकीय क्षेत्र बनाइने

प्रदेश ३ सरकारले विश्व पर्यटन दिवसको अवसरमा प्रदेशका १० स्थानलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्