फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’
विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो।
विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो।
यतिबेला पर्यटन क्षेत्रमा सिजन सुरु भएको छ। यो बेला कोरोना संक्रमण केही कम भएको छ। संक्रमणको त्रास घटेपछि हिडडुलमा सहजता पनि थपिएको छ। पर्यटकीय गतिविधिमा हुने गरेको आउजाउमा पछिल्लो समय केही सहजता थपिँदै गएपनि पर्यटन व्यवसायीले तेश्रो मुलुकका पर्यटकको आगमनको संकेत भने अझै सोचेअनुरुप पाएका छैनन। यो सिजनमा तेश्रो मुलुकका विदेशी पाहुना आउने प्रतिक्षामा रहेका व्यवसायी फेरि पनि आन्तरिक पाहुनामै निर्भर रहनुपर्ने संकेत देखेका छन्।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ।
पोखराको न्यूरोड, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, पृथ्वीचोक क्षेत्रको मुल सडक किनारमा दिनहुँजसो फोहोरको थुप्रो लागेको हुन्छ, त्यो पनि एकाबिहानै। सडक छेउमा थुपारेको फोहोरलाई महानगरले एकाबिहानै उठाउने भएकोले दिनको समयमा देख्न नपाएपछि एकाबिहानै सडकमा हिड्दा ठाउँ-ठाउँमा थुप्रो र पोकाहरु ठड्याएको देखिन्छ।
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो।
ट्राभल भ्लगरहरू पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्ने प्रमुख स्रोत बन्न सक्छन् । उनीहरूको प्रभाव विश्वव्यापी रूपमै हुने भएको हुँदा जानकारी छिनमै धेरैै मुलुकहरूमा फैलिन्छ । फलस्वरूप घुम्न चाहने व्यक्तिमाँझ सूचना फैलिएर पर्यटक बढाउँछ ।
'डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना नआएसम्म ढुक्क हुने अवस्था भने छैन, किनकी नेपालको पर्यटन बजार अनिश्चित बन्दै गएको छ।’
पर्यटकीय जिल्ला इलाममा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तथा व्यवसायीको क्षमता विकासमा भएको समय र बजेट खर्च हिसाब गर्ने हो लामै समय लाग्ला। कतिपय खर्चको त हिसाब–किताब नै नआउन पनि सक्ला। तर, यतिको ‘लगानी’ गरेर पनि यहाँ आएका पर्यटक र सरोकारवालाले पर्यटनको आधारभूत आवश्यकतामा प्रायः गुनासो गरिरहनु चाहिँ विडम्बना बनिरहेको छ।
बोलीचालीको भाषामा पोखरालाई देशकै पर्यटकीय राजधानी भन्दै आइएको छ। पर्यटन व्यवसायीले पनि पोखरालाई पर्यटकीय राजधानी भन्दै देशविदेशमा बजारीकरण गर्दै आएका छन्। तर, सरकारले भने अझैसम्म पोखरालाई पर्यटकीय राजधानीको आधिकारीक मान्यता दिएको छैन। सरकारका मन्त्रीहरुले बेलाबेला पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अघि बढाएको आश्वासन दिँदै आएपनि मूर्त रुप भने पाएको छैन।
बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ। स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन्।
अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।
पर्यटकीय गतिविधि बढाउने उद्देश्य राखी दरवारमार्ग महोत्सव आयोजना गरिएको छ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी नेपाली नयाँ वर्षको अवसरमा पर्यटकीय गन्तव्यमा पाहुनाको घुइँचो लागेको छ।
कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।
कागेश्वरी क्षेत्र वास्तवमै अर्गानिक पर्यटकीय क्षेत्र बन्ने योग्यता राख्छ। तारेभिरको काखमा अवस्थित यो क्षेत्र शिवपुरी, मणिचुड, जहरसिंह पौवा हुँदै नगरकोटसम्म एउटै पेरिफेरीको प्याकेज निर्माण गर्न सक्षम छ।