४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘ओभरलोड’ टिप्परका कारण पोखराको ड्यामसाईडमा सडक भासियो

पोखराको पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ। बालुवा बोकेको ग १ ख ४३६३ नम्बरको टिप्पर पुल क्रस गरेर अगाडि बढ्ने क्रममा सडक भत्किएको हो। ओभरलोडका कारण सडक भासिएको स्थानियको भनाई छ।

पोखरामा ईन्टरकलेज व्याण्ड कम्पिटिसन शुरु

पोखरामा ईन्टरकलेज व्याण्ड कम्पिटिसन शुरु भएको छ। पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोममा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता शनिबारसम्म जारी रहनेछ।

पोखरासँग जोडियो सहश्राब्दी पदमार्ग

पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एक मात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ।

शिक्षा र संगीतलाई जोड्न कलेजस्तरीय व्याण्ड प्रतियोगिता

पचासको दशकमा नेपाली सांगीतिक फाँटमा पोखराको छुट्टै छाप थियो। सांगीतिक व्याण्डले नेपाली संगीत क्षेत्रमा आफनो दरिलो पहिचान बनाएका थिए। तर, पछिल्लो समय सांगीतिक व्याण्ड बिस्तारै सुस्ताउँदै ओझेलमा पर्दै गए। ओझेलमा पर्दै गएको व्याण्डको सांगीतिक यात्रालाई फेरी उठाउने प्रयास शुरु गरिएको छ।

पोखरामा पर्यटन दिवसः बिहान विमानस्थलमा स्वागत, बेलुकी सडक महोत्सव (तस्बिरहरु)

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ। यो वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार पर्यटन दिवस मनाइएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर बुधबार पर्यटकीय सहर पोखरामा पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिएको छ।

चाँडबाँड सुरु भएपछि पोखरामा बजार अनुगमन

चाँडबाँडनजिकिदै गर्दा पोखराको बजार अनगुमन शुरु गरिएको छ। अनुगमन गर्ने क्रममा केही व्यवसायीले म्याद गुज्रिएको सामान विक्री वितरण गरेको भन्दै जरिवाना गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा बनेको बजार अनुगमन समितिले केहीदिन यता अनुगमन गर्दै आएको छ।

पर्यटन दिवस मनाईरहँदा व्यवसायीलाई लागेन सिजन

हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ। यो वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ बुधबार पर्यटन दिवस मनाइँदैछ। विश्व पर्यटन दिवस मनाईरहँदा चमक छरिसक्ने पर्यटन क्षेत्र यो बेला निराशाको चाङमा डुबेको पोखराका पर्यटन व्यावसायीले बताएका छन। सरकारले बेलैमा पर्यटन क्षेत्रलाई नसोच्ने हो भने पर्यटन क्षेत्रको लगानी अझै डुब्ने चिन्ता व्यावसायीको छ।

मुक्तिनाथ क्यापिटलको नयाँ शाखा चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलले शाखा बिस्तारको क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

पोखरा फाइनान्सका अध्यक्ष गुरूङद्वारा सपथ ग्रहण

पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाइएको छ।

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

‘फेवाताल क्षेत्रमा मात्र पर्यटन केन्द्रीत नगरौं’

पोखराको पृथ्वीचोक क्षेत्रका होटल व्यावसायीले फेवाताल आसपास (लेकसाइड)लाई मात्र पर्यटकीय क्षेत्रको रुपमा राज्यले बुझेको गुनासो गरेका छन्। पोखराको बजार क्षेत्र पर्यटनको हब होइन भनेर गलत प्रचार गर्ने गरिएको उनीहरुको भनाई छ ।

पोखरामा धमाधम उडान थप्दै हवाई कम्पनी

यात्रुको चाप बढ्दै गएको भन्दै हवाई कम्पनिले काठमाडौं–पोखरा रुटमा हवाई उडान थप्न थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थपेका हुन्। अर्काे निजी हवाई कम्पनि श्री एयरलाइन्सले पनि पोखरामा उडान थप्ने तयारी गरेको छ।

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

पोखरा आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

पोखरा पन्क्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्