३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

‘ओभरलोड’ टिप्परका कारण पोखराको ड्यामसाईडमा सडक भासियो

पोखराको पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ। बालुवा बोकेको ग १ ख ४३६३ नम्बरको टिप्पर पुल क्रस गरेर अगाडि बढ्ने क्रममा सडक भत्किएको हो। ओभरलोडका कारण सडक भासिएको स्थानियको भनाई छ।

तितेपानी हुँदै शान्ति स्तुप निस्किने उक्त सडक जिर्ण अवस्थामा थियो। मर्मत सम्भारको प्रक्रियामा रहेको उक्त सडकमा ठूला सवारी साधन तथा सामान बोकेका गाडीहरु चलाउन निषेध गरिएको थियो। तर मंगलबार भने भवन निर्माणका लागि बालुवा बोकेको टिप्पर जाँदा सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ सई शिव पाठकले जानकारी दिए। 

भासिएको सडकमा फसेको टिप्परलाई ट्राफिकको सहयोगमा निकाल्ने प्रयास भइरहेको छ। भासिएको सडक भने वडाले पुर्ने प्रतिबद्धता जनाएको पाठकले बताए।सडक भासिएसँगै उक्त सडकमा साना तथा ठूला सबै सवारी साधन आवागमन रोकिएको छ। तर पैदल यात्रु भने आवतजावत गर्न मिल्ने उनले जानकारी दिए ।

प्रकाशित: १६ आश्विन २०८० १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App