२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्यूठानमा एक सुत्केरीको मृत्यु

महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो। उनको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए।

सुत्केरीलाई भाले उपहार

सुत्करीलाई स्वास्थ्य संस्थामा पुर्‍याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।

सुत्केरी मृत्यु प्रकरणः अस्पतालको लापर्बाहीले ज्यान गएको आफन्तको दाबी

सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन्।

सुत्केरी मृत्युबारे छानबिन सुरु

सदरमुकाम मलंगवास्थित एक पोलिक्लिनिकमा शल्यक्रियापछि सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ ।

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ।

लकडाउनयता ७३ सुत्केरीको मृत्यु

नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले हालै गरेको सर्वेक्षणमा यस्तो पाइएको हो। महाशाखाका अनुसार चैतदेखि जेठ महिनाभित्र ४३ जना र असार र साउनभित्र ३० जनाको मृत्यु भएको छ। यीमध्ये ४८ जनाको सुत्केरीपछिको रक्तश्रावले मृत्यु भएको छ।

उपचार नपाएरै सुत्केरीको मृत्यु

त्केरी भएपछि सालनाल खस्न ढिलो हुँदा एकैछिनको खुसी तनावपूर्ण बन्यो। आफन्तले हतारहतार स्थानीय मेडिलकमा पु-याए पशुपतिलाई। त्यहाँ उनको सालनाल त झिकियो तर विडम्बना उनी बेहोस भइन। सन्तान जन्मँदा छाएको रौनक ६ घण्टापछि शोकमा बदलियो।

सुत्केरी हुन नसकेर छट्पटाउँदै

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन्। सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन्।

‘सुत्केरी, जण्डिसका विरामी र गर्भवतीले बेसार खान हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको वैठकमा विहिबार सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका विरामीले बेसार खानु हुँदैन भनेपछि चिकित्सकहरू आश्चर्य चकित भएका छन्। प्रधानमन्त्रीको भाषण लगत्तै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले आफ्नो सामाजिक संजाल फेसवुक र ट्वीटरमा समेत लेखेका छन्, ‘यसरी गलत सूचना जनतालाई दिनु हुन्न प्रधानमन्त्री ज्यु, कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खान हुन्न भनेर ।’

सुत्केरीलाई हेलिकोप्टरमार्फत काठमाडाैं पठाइयाे

स्वास्थ्यमा समस्या आएपछि खोटाङकी एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय अनिता राईलाई बिहीबार हेलिकोप्टरमार्फत प्रसूति गृह थापाथली पठाइएको हो ।

भक्तपुर अस्पतालको सेवा वन्द

अस्पतालमा आइतबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको आशंका भएपछि भक्तपुरको प्रमुख कोरोना अस्पताल भक्तपुर अस्पतालको सवै सेवा बन्द गरिएको छ ।

सुत्केरी र गर्भवतीलाई राहत वितरण

बन्दाबन्दीले समस्यामा परेका पोखरा–९ का ४२ सुत्केरी, गर्भवती, असहाय र एकल महिलालाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ।

पोषिलो खानेकुरासहित सुत्केरी भेट

लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सुत्केरी भेट गरिएको छ । साविकको खाल्ले–२ की ३९ दिनकी सुत्केरी ज्ञानकुमारी घिमिरे (ढुंगाना)लाई पोषिलो खानेकुरासहित सुत्केरी भेट गरिएको हो ।

कोरोना संक्रमित र सुत्केरीलाई फरक स्थानमा उपचार गर्न सुझाव

राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरे।

जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ

तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्