५ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारमा जान लामिछाने तयार

स्रोतका अनुसार लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी सरकारमा जाने चाहना व्यक्त गरेका हुन्।

रास्वपा पनि सरकारको नेतृत्वका लागि छलफलमा छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल गरिरहेको बताएका छन्।

रास्वपाकाे संसदीय दलको नेतामा चुनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

रास्वपा, राप्रपा र जसपामा दुई धार

स्रोतका अनुसार रास्वपाका केही सांसदले सरकारमा जाने इच्छा देखाएका छन्। यस विषयमा उक्त पार्टीले औपचारिक रूपमा भने केही निर्णय गरेको छैन। तर रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले चुनावी घोषणापत्रमार्फत उठाएका मुद्दा सम्बोधन हुने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए।

रास्वपाले टुंग्यायो १३ समानुपातिक सांसद, को-को परे ?

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको चुनावी खर्च साढे ९ लाख रुपैयाँ

काठमाडौं क्षेत्र नं १, निर्वाचन परिचालन समितीका संयोजक सुरज गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा बमले मंगलबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर उम्मेदवारी घोषणा गरिएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्मको खर्च विवरण बुझाएको उल्लेख गरिएको छ।

भारतलाई लामिछानेको प्रश्न: दार्चुला, काठमाडाैँ वा दिल्ली कहाँ भेट्ने ?

रविले महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको, नदी किनारामा जबरजस्ती सडक बनाउने क्रममा बिस्फोटबाट आएको ढुंगाले लागेर नेपाली बालक पवन महराको मृत्यु भएको र हाल आएर नदीको बहाव नेपालतर्फ धकेल्ने अनाधिकृत पक्की संरचनाको विरोध गर्दा नेपालीमाथि भारतीय पक्षबाट ढुंगा प्रहार गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

महाकाली घटनाबारे रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले महाकाली घटनाबारे ध्यानाकर्षण गराएको छ। प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिड्म पार्टीको नाम र झण्डा प्रयोग गरेको भन्दै ओलीद्वारा आलोचना

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममानै आलोचना गरेका छन्।

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

उनले औपचारिक रुपमा शपथग्रहणको वा त्यस अगावै आफ्नो चुनावी खर्च पूर्ण वितरण गर्ने बताएका छन्।

कास्कीः कहिले घण्टीको, कहिले अरुको पालो

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार उठाएको थियो। तीनवटा मध्ये कास्की २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरु मूलधारका दल भन्दा अगाडि छन। मतगणनाका क्रममा बेलाबेला मूलधारका दल भन्दा अघिपछि भइरहँदा मतगणनास्थलमा रोमाञ्चकता छाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मतसंख्याको आधारले अहिले लुकामारी चलिरहेको छ।

बागलुङ क्षेत्र नम्बर १ मा स्वतन्त्र पार्टीका कंडेललाई प्रारम्भिक अग्रता

बागलुङ क्षेत्र नम्बर १ मा स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले अग्रता लिएका छन्।

सरकार बनाउने गरी मत दिन लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार बनाउने गरी मत दिन आह्वान गरेका छन्।

आयोगले सोध्यो रविलाई स्पष्टीकरण

उजुरी परेलगत्तै आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो। सोहीबमोजिम एक साताको समयावधि दिएर स्पष्टीकरण सोधिएको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनलाई आर्थिक राजधानी बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति चयनका लागि वडाध्यक्षदेखि संघीय सांसदसम्म सम्मिलित बृहत् निर्वाचन मण्डल बनाउनुपर्ने प्रस्ताव गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्