रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा चुनिएका छन। राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीले यस अघि नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुङ्गो लगाइसकेकाले आजको बैठकले त्यसलाई अनुमोदन गरेको जानकारी दिएका छन्।रास्वपाको प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ १३ गरी २० जना सांसद छन्।पूर्वसञ्चारकर्मी रवि लामिछानेको पहलमा स्थापना भएको यो पार्टी स्थानीय चुनावपछि मात्र जन्मेको हो। संसदमा प्रतिनिधित्व गर्ने यो कान्छो पार्टी हो।
प्रकाशित: ४ पुस २०७९ ०७:१८ सोमबार